• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

चन्द्रमामा जाने पहिलो पर्यटक जापानी अरबपति युसाकु

टोक्यो । सन् १९७२को अन्तिम एपोलो मिसनपछि अब २४ वर्षीय जापानी अरबपति युसाकुु मैजवा चन्द्रमामा जाने पहिलो पर्यटक बन्ने भएका छन् । यसका लागि युसाकुले रकेट निर्माता कम्पनी स्पेसएक्सका सिइओ एलन मस्कसँग सम्झौता गरेसँगै ठूलो रकम बुझाएका छन् । 

पछिल्लो ५० वर्षमा युसाकु पहिलो व्यक्ति हुन्, जो चन्द्रमामा पुगेर फर्कने तयारी गरिरहेका छन् । युसाकुु मैजावा २०२३ मा चन्द्रमामा पुग्नेछन्, उनले आफूसँग ६देखि ८ जना कलाकार पनि लैजाने योजना बनाएका छन् । 

एलन मस्कको कम्पनी स्पेसएक्सले आफ्नो अत्याधुनिक नयाँ रकेट ‘बिग फाल्कन रकेट’बाट युसाकुलाई चन्द्रमामा पठाउनेछन् । जानकारी रहोस्, मानवलाई चन्द्रमा र मंगल ग्रहमा पठाउनका लागि नै ‘बिग फाल्कन रकेट’को विकसित गरिएको हो ।


टेस्ला तथा स्पेसएक्स रकेट कम्पनीका सिइओ एलन मस्कले पछिल्लो वर्ष ‘बिग फाल्कन रकेट’को डिजाइन प्रस्तुत गरेका थिए । यसमा एक अर्को रकेट र अन्तरिक्षयान पनि जडान गरिएको छ । यस अन्तरिक्षयानको मुख्य रकेटमा ३१ मुख्य रेक्टोर इन्जिन रहेछन् र यो १५० टनसम्मको तौललाई निम्न–पृथ्वी–कक्षमा पठाउनमा सक्षम रहनेछ । 

युसाकुुले क्यालिफोर्नियास्थित स्पेसएक्सको मुख्यालयमा तथा रकेट फ्याक्ट्रीमा भने, ‘सानैदेखि मलाई चन्द्रमाप्रति लगाव छ । ये मेरो जीवनको सपना हो ।’ युसाकु मैजावा जापानको सबैभन्दा ठूलो अनलाइन फेसन मलका कार्यकारी प्रमुख तथा जापानका १८औँ धनी व्यक्ति हुन् । 

अहिलेसम्म पृथ्वीको कक्षभन्दा बाहिर जाने अमेरिकी मात्रै थिए । नासाको कुल २४ अन्तरिक्ष यात्री सन् १९६० र १९७० को दशकमा एपोलो यानबाट चन्द्रमामा पुगेका थिए । त्यसमा १२ अन्तरिक्ष यात्रीले चन्द्रमाको सतहमा कदम राख्न सफल बनेका थिए । 

प्रथम अन्तरिक्ष पर्यटक डेनिश टिटो हुन्, जसले एक रुसी अन्तरिक्षयानबाट अन्तराष्ट्रिय अन्तरिक्ष स्टेशनको यात्रा गर्नका लागि करिब दुई करोड डलरको रकम खर्च गरेका थिए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर