मन्त्री उपस्थित नभएपछि संसद स्थगित 

हिमाल जोशी / धनगढी ।  प्रदेश ७ को प्रदेश सभा बैठकमा प्रदेश सरकारका एक जना मन्त्री पनि उपस्थित नहुने भएपछि स्थगित भएको छ । 

प्रदेश सभा सचिवालयका सचिब वालाराम शर्माका अनुसार सत्ता पक्षका प्रमुख सचेतक तारालामा तामाङले प्रदेश सभा बैठकमा एक जना मन्त्री पनि उपस्थीत नहुने निवेदन सचिवालमा दर्ता गराएपछि बैठक स्थगित गरिएको हो । सभामुख अर्जुन बहादुर थापाले मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक असोज ५ गते सम्मका लागि स्थगित गरिएको जानकारी दिए । 

मंगलबार प्रदेश ७ सरकारका सबै मन्त्रीहरु राजधानी बाहिर रहेको प्रमुख सचेतक तामाङले जानकारी दिए ।  संसद सुचारुका लागि कम्तीमा एक जना मन्त्री अनिवार्य उपस्थित हुनु पर्ने प्राबधान रहेको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर