गीतकार डी.पी खनालको अर्को गीत ‘सरसर’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गीतकार डिपी खनालको शब्दमा रहेको अर्को म्युजिक भिडियो युट्युवमा मंगलबार सार्वजनिक भएको छ । ‘सरसर’ बोलको यस गीतमा चर्चित गायक राजु लामा र रमिला ग्याङमी मगरको आवाज रहेको छ । 

म्युजिक भिडियोमा एलिसा राई र चर्चित कोरियोग्राफर गम्भिर विष्टले फिचरिङ गरेका छन् । लोक प्याटनको यस गीतमा अपरिचित व्यक्तिहरुमा मायाका कुरा अनि एक(अर्कामा प्रशंसा गरेको देख्न पाइन्छ । 

यस गीतमा म्युजिक कम्पोज धनु ग्याङमी मगरको रहेका छ भने म्युजिक एरेन्ज उदय राज पौडेलले गरेका छन् । गीतमा गम्भिर विष्टकै कोरियाग्राफी रहेको छ ।

म्युजिक भिडियोको छायांकन नवराज उप्रेतीले गरेका छन् भने निर्देशन सुब्रत राज आचर्यको रहेको छ । 

म्युजिक भिडियो हेर्नुहोस्ः 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर