• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

बाढीबाट नाइजेरियामा सयभन्दा बढीको मृत्यु

लोकाजा । नाइजेरियामा हालै १० वटा राज्यमा आएको बाढीको प्रकोपको करिब एक सय व्यक्तिको मृ्त्यु भएको छ । 

त्यसपछि नाइजेरियाले राष्ट्रिय प्रकोपको घोषणा गरेको राष्ट्रको प्रमुख प्रकोप व्यवस्थान निकायले मङ्गलबार जानकारी दिएको छ । भारी वर्षाको कारण नाइजर र बेनुए राज्यमा नदी बन्द भई आएको बाढीको कारण हजारौको सङ्ख्याका व्यक्ति फसेका छन् । 

राष्ट्रिय संकटकालीन व्यवस्थापन निकायका अधिकारी सानी दातीले चार ओटा राज्य कोगी, डेल्टा, आनम्ब्रा र नाइजरमा राष्ट्रिय प्रकोप घोषणा गरेको बताएका छन् । 

अन्य आठ वटा राज्य पनि बाढीको प्रकोपले भीषणरुपमा प्रभावित भएको र यी राज्यले पनि निरीक्षणको सुचिमा रहेको बताइएको छ । 

करिव दश वटा राज्यमा भएको यस प्रकोपमा परी करिब एक सय व्यक्तिको मृत्यु भएको छ । कोजी र नाइजर मध्यनाइजेरियामा पर्छ भने डेल्टा र आनम्ब्रा दक्षिणमा पर्दछ । 

हाल नाइजेरियामा आएको बाढी सन् २०१२ पछिको ठूलो भएको सरकारी अधिकारीले जानकारी दिएका छन् । 

नाइजेरियामा केही दिन अघिदेखि ३६ वटा राज्यमा भारी वर्षापछिको बाढीको प्रकोपको कारण सयौँ व्यक्तिको मृत्यु हुनुको साथै करिब २० लाख व्यक्ति घरवार बिहिन भएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर