• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

रूसी विमान आक्रमणमा १५ को मृत्यु

मस्को । रूसी जासुसी विमानलाई सिरियाली क्षेप्यास्त्रद्वारा भूमध्यसागरीय क्षेत्रमा खासालिएको रूसी रक्षामन्त्रालयले मङ्गलबार जनाएको छ । उक्त आक्रमणबाट विमानमा यात्रारत १५ जनाको मृत्यु भएको रूसको दावी छ । 

रूसले विमान आक्रमणमा इजरायली हात रहेको बताइएको छ । सिरियाको उत्तरपश्चिमी क्षेत्रमा इजरायली लडाकूसँग भएको दोहोरो झडपका क्रममा विमानमा लागेपछि जमिनमा खसेको र चालक दलका सदस्यसहित सबैजनाको मृत्यु भएको रूसी रक्षामन्त्रालयले पुष्टि गरेको छ । 

रूसी सेनाले दिएको जानकारी अनुसार सोमबार राति आफ्नो जासुसी विमान आइएल–२० लाई रूसी हवाई अखडामा फर्किरहेका वेला सामुद्रिक सतहदेखि ३५ किलोमिटर टाढा आक्रमण गरिएको हो । 

इजरायली चालकले रूसी विमानलाई ढालका रूपमा प्रयोग गर्दै आक्रमणको निशाना बनाउन सफल भएको रूसी रक्षामन्त्रालयका प्रवक्ता मेजर जनरल आइगोर कोनासेनकोभद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

रूसी रक्षामन्त्री सर्गेइ सोइगुले आफ्ना इजरायली समकक्षी अभिगडोर लाइबरम्यानलाई मङ्गलबार फोन गरी घटनामा पूर्णतया इजरायल दोषी रहेको बताएका छन् । 

तर इजरायली सैनिक तथा विदेश मन्त्रालयले विमान आक्रमणबारे रूसी दावीको खण्डन गरेका छन् ।

रूसले विमानको भग्नावशेष र केही मृत शरीरलाई समुद्रबाट बाहिर ल्याइसकिएको बताएको छ । केही यात्रुको मृत शरीरलाई उद्धार कार्य जारी रहेको पनि रूसी अधिकारीले बताएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर