संघीयताको कार्यान्वयन र अधिकार बाँडफाँटमा संविधानले दिशानिर्देश गरेको छ : मुख्यमन्त्री गुरुङ 

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीयताको कार्यान्वयन र अधिकार बाँडफाँटमा संविधानले दिशानिर्देश गरेकोले सोही अनुसार कार्यान्वयनमा जुट्नुपर्ने बताएका छन् ।

उनले नेपाली जनताको लामो संघर्ष र बलिदानबाट गठित संविधानसभाबाट निर्मित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान घोषणा भएको बताउँदै शुभकामना व्यक्त गरेका छन् ।उनले प्रदेशमा ‘समृद्ध प्रदेश, सुखी जनता’ को नारा साकार पार्न सरकार निरन्तर लागिरहेको शुभकामना सन्देशमा उल्लेख गरेका छन् । 

राष्ट्रिय एकता, भौगोलिक अखण्डता, सार्वभौमिकता र स्वाधीनता, राष्ट्रिय हित र सामाजिक सद्भाव कायम भइ स्थिरता, शान्ति सुव्यवस्थाका माध्यमबाट समृद्ध प्रदेश, सुखी जनताको महान अभियानमा सबैको सहयोग र समर्थनको अपेक्षा रहेको उनले उल्लेख गरेका छन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर