• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

प्रहरी चौकीमै छुरा प्रहार गरी प्रहरीको हत्या

टोकियो । जापानको सेन्दाईमा एक प्रहरीको छुरा हानी हत्या गरिएको छ । बुधबार बिहान सेन्दाईको मियागिनो कुमा रहेको प्रहरी स्टेसनमा खटिएका  प्रमुख प्रहरीलाई अपरिचित जापानी युवाले छुरा हानी हत्या गरेका छन् । लगत्तै सोही प्रहरी स्टेसनका अर्का प्रहरीले छुरा हान्ने व्यक्तिलाई गोली हानी हत्या गरेका छन् ।

प्रहरीका अनुसार बुधबार बिहान प्रहरी स्टेसनमा आएका ती व्यक्तिले  ‘सामान हराएको’ भनी उजुरी दिएका थिए  । आफूमाथि पनि छुरा हान्ने प्रयास गरेपछि आत्मरक्षाका लागि गोली चलाएको अर्का प्रहरीले बताएका छन् ।

घाइते छुरा हान्ने अपरिचित व्यक्ति र प्रहरी दुवै अस्पताल लैजाने क्रममा मृत्यु भएको अल निप्पोन न्युजले जनाएको छ ।

 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर