• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

सिके राउतका एक दर्जन कार्यकर्ता पक्राउ

नेहा झा/जनकपुरधाम । ‘चलु जनकपुर भरु जनकपुर’ विरोधसभाको घोषणा गरेका डा. सिके राउतका १ दर्जन कार्यकर्ता विभिन्न स्थानबाट पक्राउ परेका छन् । नेपालको संविधान २०७२ मधेसी नागरिकको हकअधिकार खोसेको भन्दै संविधानविरुद्ध नाराबाजी गरिरहेका डा. राउतका करिब १ दर्जन कार्यकर्तालाई स्थानीय रामानन्द चोक, थापा चोकलगायतका स्थानबाट गिरफ्तार गरिएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिएका छन् । 

पक्राउ परेकाको नाम सार्वजनिक गरिएको छैन । मधेसका जनतामाथि बर्बरतापूर्वक दमन, निहत्था जनताको हत्या गरी संविधान जारी गरेका भन्दै गरिएको ‘चलु जनकपुर, भरु जनकपुर’ विरोध सभामा डा. सिके राउत सहभागी हुने जनाइएको छ । 

उक्त कार्यक्रममा राउत सहभागी हुने खबर आएपछि धनुषा प्रहरीले राउतको समेत तिब्र रुपमा खोजी गरिरहेको श्रोतको भनाई छ । यता डा. राउत सम्पर्कविहीन भएको एक कार्यकर्ता बताए । राउतलाई पक्राउ गर्नका लागि प्रहरी टोली खटिएको भए पनि हालसम्म पक्राउ पर्न सकेका छैनन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर