• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

संविधान दिवसका दिन राष्ट्रपतिको रात्रीभोज

काठमाडौं । संविधान दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले रात्री भोज आयोजना गरेकी छन् । राष्ट्रपति भवनमा आज (बुधबार) अपरान्ह साँढे ५ बजे रात्रिभोज आयोजना गरेकी हुन् ।

रात्रीभोजमा प्रधानमन्त्री केपी शर्मा ओली लगायत मन्त्रीहरु, प्रमुख प्रतिपक्षी दलका नेता, संवैधानिक निकायका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, कुनीतिक नियोगका प्रमुखहरु, सभामुख, उपसभामुख,पूर्व सभामुखहरु तथा संसद सचिवालयका पदाधिकारीहरु लाई निम्तो गरिएको राष्ट्रपति कार्यालय श्रोतले जानकारी दियो ।

यसपालीको भोजमा सकेसम्म थोरै व्यक्तीहरुलाई नाम किटान गरेर बोलाईएको राष्ट्रपति कार्यालयले बताएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर