• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

शान्ति र सुरक्षाका लागि सम्मानित जीवनको प्रत्याभुति पूर्व शर्त हो

आजको बिश्व अन्तरसम्बन्धित छ र एक अर्कामा अभिन्न रुपमा जोडिएको छ । बिश्वव्यापीकरण र तीब्र विकास अनि  सूचना तथा सञ्चार प्रबिधिले बिश्वलाई एउटा एउटै गाउँमा रुपान्तरण गरिदिएको छ । यसले मानवीय अन्तरनिर्भरता बढाएको छ । त्यसैले भौतिक पुर्वधार र प्रबिधि,संस्कृति र मान्यताका साथ साथै हाम्रा आशा र चाहनामा हामी एक अर्कामा निर्भर छौ । बिश्वव्यापीकरणले ल्याएका चुनौतीको पनि एकसाथ सामना गरिरहेका छौ । 

हामीसँग आशावादी हुने थुपै कारण छन् । एउटा देशमा भएको प्रबिधिको विकास र अन्वेषणले बिश्वभरीका मानिसको जीवनलाई सहज बनाइदिएको छ । बिश्वको एउटा भागमा भएको तीब्र र दीगो आर्थिक विकासले बाँकी बिश्वका लागि समृद्धिको आशा जगाएको छ ।  बिश्वको एउटा भागको शान्ति र स्थिरताले बिश्वको अर्को भागलाई त्यहि दिशामा धकेल्न प्रोत्साहित गरेको छ । 

कथा यतिमा मात्रै सीमित छैन । न्यूयोर्क वा सांघाईको शेयरबजारमा हुने उतारचढाव बिश्व अर्थतन्त्रलाई तरंगित बनाउँछ । न्यूयोर्क, पेरिस वा काबुलमा हुने आतंकवादी आक्रमणले जहाँ सुकैका जनतालाई पनि शान्त र सुरक्षित महसुस गराउँदैन । इबोला भाइरसलाई एउटा देशबाट अर्को देशमा प्रवेश गर्न राजनीतिक सीमा र बलियो अध्यागमन नीतिले रोक्न सक्दैन । विकसित मुलुकका उद्योगहरुद्धारा उत्सर्जित बिषालु ग्याँसले त्यस्तो ग्याँस उत्सर्जन नगर्ने मुलुकको जलवायूमा खराव असर पारेको हुन्छ । 

बिश्व शान्ति र सुरक्षाका लागि मिलेर विकास गर्ने र समृद्ध हुने महत्वलाई अन्तराष्ट्रिय समुदायले व्यापक रुपमा आत्मसाथ गर्नु एउटा खुसीको कुरा हो ।  यसलाई व्यापक रुपमा स्वकारिएको छ कि शान्तिविना विकास र विकास विना शान्ति हासिल गर्न संभव छैन । हामी भन्न सक्छौ कि तुलनात्मक रुपमा हामी बिश्वको शान्तिपूर्ण अवधिमा वाचिरहेका छौ । 

जलवायु परिवर्तनले मानव सुरक्षालाई वास्तवमै चुनौती खडा गरिदिएको छ । ग्लोबल वार्मिङ, मरुभूमिकरण र पानीको अभाव र अन्य स्वरुपमा देखिएका जलवायू परिवर्तनको असरका कारणले बिभिन्न क्षेत्रमा द्धन्दहरु सतहमा देखिन थालेका छन् । 

दिगो शान्ति , सुरक्षा र सुव्यवस्था प्राप्तिका लागि मुलुकहरु संधर्षरत छन् । तसर्थ, अझै पनि केहि मुद्दाहरु सामूहिक प्रयासबाट समाधान हुन बाँकी छन् । शान्ति र सुरक्षाको मुद्दाले बृहद र समग्र नीतिको माग गर्दछ ।  शान्ति र सुरक्षाका लागि सम्मानित जीवनको प्रत्याभुति एउटा पूर्व शर्त हो । समावेशी, समानता र दीगो विकास त्यसका मुख्य आधारहरु हुनु । तर देशहरु र जनताहरुका वीचको तीब्र विभाजन र असमानता पनि आजको वास्तविकता हो ।  

हाम्रो समयको एउटा अत्यन्तै डरलाग्दो चुनौती भनेको गरिवी हो । लाखौ मानिसहरु अहिले पनि गरिवी ले पिल्सिरहेका छन यद्यपी लाखौ मानिसहरु विगत केहि दशकयता गरिवीको रेखाबाट बाहिर पनि आएका छन् । धनी र गरिव वीचको खाडल  दिनानुदिन फराकिलो बन्दै जाँदा अशान्तिको चिन्ता बढेको छ । ठूलो जनसंख्या व्रmुर गरिवीमा बाँच्न बाध्य पृष्ठभुमिमा केहिलाई मात्र प्राप्त समृद्धिले सुरक्षा, दिगोपना र हिंसारहित समाजको कल्पना गर्न सकिदैन । 

जलवायु परिवर्तनले मानव सुरक्षालाई वास्तवमै चुनौती खडा गरिदिएको छ । ग्लोबल वार्मिङ, मरुभूमिकरण र पानीको अभाव र अन्य स्वरुपमा देखिएका जलवायू परिवर्तनको असरका कारणले बिभिन्न क्षेत्रमा द्धन्दहरु सतहमा देखिन थालेका छन् । 

जलवायू परिवर्तन र गरिवीका चुनौतीलाई सम्बोधन नगरेसम्म दीगो शान्ति र वास्तविक सुरक्षा सुदुर सपनामै सीमित रहनेछ । आतंकवाद, क्रुर हिंसा र अन्तरदेशीय अपराधको संयन्त्र तीब्र रुपमा फैलिइरहेको छ । अनि, एक्लिएका शक्तिहरुले आफनो धरातल बनाइरहेका हुन्छन् । 

जनता–जनता विच र देशहरुलाई जोडन चीनले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको म खुलेर प्रशंसा गर्न चाहन्छु ।  सबैलाई हित हुने गरी बजारलाई एकीकृत गर्ने र क्षेत्रीय आर्थिक सहयोग अभिबृद्धि गर्ने वेल्ट एण्ड रोड इनिसियटिभको कार्ययोजनाले अन्तराष्ट्रिय समुदायबाट व्यापक सहयोग प्राप्त गरेको छ । बिआरआईले हिमालय क्षेत्रमा पूर्वाधार निर्माणमा सघाउनेछ र यस क्षेत्रमा सेवा, वस्तु र जनताको आवत जावतको अप्ठयारा र अवरोधलाई हटाउनेछ भन्नेमा नेपाल विश्वस्त छ । 

 सदभावपूर्ण, शान्तिपूर्ण र स्थिर समाज निमार्णका लागि समावेशी विकास र साझा समृद्धि अन्तरनिहित तत्व हुन् भन्नेमा म बिश्वास गर्छु ।  

साथै, यातायातमा सुधार र कनेक्टीभिटीले हाम्रो बजारलाई एकीकृत गनका लागि सहयोग पुग्नेछ र व्यापार तथा बाणिज्य विस्तार गर्न लाभ प्राप्त हुनेछ । वेल्ट एण्ड रोड इनिसियटिभको मातहतमा यातायातको पूर्वाधार विकासको सहयोगले पूर्वी, मध्य र पश्चिमी नेपाललाई यातायात, उर्जा संयन्त्र, सेवा र बाणिज्यको अप्ठयारो हटाएर चीनसँग जोडन थप मद्दत पुग्नेछ ।

हामी बिश्वास गर्छौ कि यस्तो कनेक्टीभिटीले उत्पादकत्वमा बृद्धि ल्याउनेछ र प्रविधिको स्तरोन्ती अनि साझा समृद्धिका हासिल गर्न दुवै देशका जनताका लागि रोजगारी सिर्जना गर्नेछ ।  साथसाथै मानवजातिका लागि साझा भबिश्य निर्माण गर्न चीनले गर्दै आएको शान्तिका पक्षमा  निरन्तर वकालत, समावेशी विकास र वीन–वीन सहयोग साझा समृद्धिको अवधारणा हुन् । असुरक्षा र अस्थिरतालाई जन्म दिने अतिवादी शक्तिलाई यसले निश्चय नै निरुत्साहित गर्न सघाउनेछ । 

‘विकासको द्रत रेल चढ्नका लागि ’ भन्ने जनवादी गणतन्त्र चीनका महामहिम राष्टपति सी जिनपिंङले प्राय अन्तराष्ट्रिय समुदायलाई अव्हान गरेको सुन्दा मलाई खुसी लाग्छ । जसलाई शान्ति, सुरक्षा र समृद्धिको बाटोमा एकसाथ हिडन चीन तयार रहेको अभिव्यक्तिका रुपमा लिन सकिन्छ । सदभावपूर्ण, शान्तिपूर्ण र स्थिर समाज निमार्णका लागि समावेशी विकास र साझा समृद्धि अन्तरनिहित तत्व हुन् भन्नेमा म बिश्वास गर्छु ।  

यस सन्दर्भमा हामीले सामूहिक प्रतिबद्धता जनाएका छौ । जलवायू परिवर्तनका सन्दर्भमा दीगो विकास लक्ष्यहरु र पेरिस सम्झौताप्रतिको प्रतिवद्धता यसका उदाहरणका हुन् । हामीसँग संयुक्त राष्टसंघ जस्तो स्थापित संस्था र अन्य अन्तराष्ट्रिय र क्षेत्रीय संगठनहरु छन्, जसले वास्तविक शान्ति र सुरक्षाका हाम्रा साझा एजेण्डालाई सहजीकरण गरिरहेका छन् । 

शान्तिपूर्ण तरिकाबाट सशस्त्र द्धन्दको समाधान गर्ने विरलै एवं नमुनायोग्य शान्ति प्रकृयाको उदाहरण नेपालले प्रस्तुत गरेको छ । नेपाललाई पूर्ण विश्वास छ, सामूहिक र केन्द्रिकृत प्रयासहरुद्धारा मात्र हाम्रो शान्त, दीगो, र सुरक्षित भविष्य निमार्ण हुन सक्छ । 

बिश्व शान्ति र सुरक्षामा प्रति नेपालको निरन्तर प्रतिबद्धता खुसीसाथ व्यक्त गर्दछु । हाम्रा कार्ययोजना र नीतिहरु मार्फत हाम्रा प्रतिबद्धताहरु प्रमाणित हुँदै आएका छन् । हामी संयुक्त राष्टसंघ घोषणापत्रका सिद्धान्तहरु प्रतिवद्ध र्छौ । हाम्रो संविधानमा बिश्व शान्तिका लागि हाम्रा प्रतिबद्धता  स्पष्ट प्रतिबिम्बित भएका छन् । वास्तविक भातृत्व हाम्रा पहिल्यै देखि चलिआएका मूल्य मान्यता हुन ।  
 
शान्तिपूर्ण तरिकाबाट सशस्त्र द्धन्दको समाधान गर्ने विरलै एवं नमुनायोग्य शान्ति प्रकृयाको उदाहरण नेपालले प्रस्तुत गरेको छ । नेपाललाई पूर्ण विश्वास छ, सामूहिक र केन्द्रिकृत प्रयासहरुद्धारा मात्र हाम्रो शान्त, दीगो, र सुरक्षित भविष्य निमार्ण हुन सक्छ । 

हामी सबैको भबिश्य एकअर्का जोडिएको छ । यसलाई राम्रो बनाउने वा खराव बनाउने हाम्रै हातमा निर्भर छ । म पूर्ण बिश्वस्त छु कि बिश्वको दीगो शान्ति र सुरक्षा एवं मानव जातिका लागि साझा भबिश्य निर्माणका लागि मिलेर काम गर्न यो अनुपम जमघटबाट एउटा ठोस निष्कर्ष प्राप्त हुनेछ । 
अन्तराष्टिय शान्ति दिवसको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु । 

(चीनको च्याङ्सु प्रान्तको नानचिङमा भएको अन्तर्राष्ट्रिय शान्ति स्मृति दिवसमा  नेकपाका अध्यक्षा प्रचण्डले गरेकाे सम्बोधन)


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर