आयुष्मानले देखाए प्रियंकालाई बिकनीमा 

काठमाडौं । नेपाली चलचित्र अभिनेत्री प्रियंका कार्की फेरी पनि आलोचित बन्न पुगेकी छिन् ।

यसअघि पनि आलोचित हुँदै आएकी कार्की यो पटक भने फेसनका कारण आलोचित बन्न पुगेकी हुन् । कार्की यतिबेला सामाजिक सञ्जालमा बडी सेभिङ को सिकार भएकी छिन । कार्यक्रमको सिल–शिलामा भैरवा पुगेकी प्रियंकाले आप्mनो प्रेमी आयुष्मान देशराजले खिचेको एक बिकनी लगाएको तस्बिर इन्स्टाग्राममा पोष्ट गरेकी थिइन् । 

तस्बिरमा प्रियंका एकदम दुब्ली देखिएकी छिन् । इन्स्टाग्राममा तस्बिर पोष्ट भएको केही समय नबित्दै नकरात्मक कमेन्टहरु आउन सुरु भएको छ । शरीरमा अत्याधिक हड्डी देखिएको, इडिट गरिएको लगायतका कमेन्टहरु आएका छन् । नकारात्मक कमेन्ट आउन लागेपछि पुनः प्रियंकाले अर्काे बिकनी लगाएको फोटो पोष्ट गरेकी थिइन ।

उनले फोटोमा आफुले कुनै इडिट गरेको छैन भन्दै पोष्ट गरेकी थिइन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर