सरकार सहि बाटोमा आउँन अझै केहि समय लाग्ने 

हिमाल जोशी / धनगढी । प्रदेश ७ सरकारले संबिधान दिवस धुमधामका साथ मनाएको छ । नेपालको संविधान जारी भएको आज तिन वर्ष पूरा भएको छ ।

दुईवटा संविधान सभाको चुनावपछि निकै लामो रस्साकस्सीका बिच संविधानसभाका ९० प्रतिशतभन्दा धेरै सभासद्को हस्ताक्षरमा २०७२ असोज ३ गते जारी भएको संविधानलाई आज प्रदेश ७ ले पनि धुमधामका साथ मनाएको हो ।  संविधान दिवसका अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट ब्याण्डबाजा र झाँकीसहित ¥यालीको आयोजना गरी धनगढी रंगशालामा पुगेर ¥याली सम्पन्न भएको थियो ।

संविद्यान दिवस लाई सम्बोधन गदै मुख्यमन्त्री त्रिलोलचन भट्टले संविद्यान जारी भएपछि जुन रुपमा जनताका चाहाना र आंकाक्षा बढेका छन् त्यो अनुसार काम गर्ने नसकिएको बताए । उनले संविद्यान जारी भएसंगै देश नयाँ संघिय संरचना प्रवेश गरी ३ नै तहका सरकार निर्माण भएपनि कानुन निर्माणको अभाबमा सन्तोष जनक काम नभएको बताए ।

नेपालमा संघ र स्थानीय तह पुरानै ब्यवस्था भएपनि प्रदेश सरकार नेपालका लागी नयाँ अभ्यास भएका कारण प्रदेश सरकार सहि बाटोमा आउँन अझै केहि समय लाग्ने मुख्यमन्त्रीको भनाई थियो । सभालाई सम्बोधन गदै प्रदेश ७ का आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकास बहादुर शाहले नेपाली जनताको लामो त्याग र बलिदान बाट सवैको अधिकार लाई सुनिश्चत गर्ने संविदान जारी भएका कारण सवैले यसको कार्यान्यनमा जोड दिनु पर्ने बताए । 

उनले ९० प्रतिशत भन्दा बढी जनप्रतिनिधीको हस्ताक्षरमा संविद्यान सभाले बनाएको नेपालको संविद्यान २०७२ विश्वकै उत्कृट संविद्यान भएको बताए । सरकारी स्तरबाट संविद्यान दिवस लाई भब्य रुपमा मनाईएको छ भने केहि राजजनैतिक दलहरुले यस दिन लाई कालो दिनका रुपमा लिएका छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर