• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

उपराष्ट्रपति छेन्दुमा, उच्च स्तरीय भेट गर्दै

छेन्दु । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ६ दिने औपचारिक भ्रमणका लागि सिचुवान प्रान्तको राजधानी छेन्दु पुगेका छन् ।

 उनी सिए ४३८ नम्वरको एयर आईनाको विमानबाट स्थानीय समयअनुसार ३ः४० बजे छेन्दु पुगेका हुन् । उपराष्ट्रपतिलाई छेन्दु अन्तर्राष्ट्रिय विमान स्थलमा सिचुवान प्रान्त जनसरकारका उप सचिव यान वि पिङले स्वागत गरे । उपराष्ट्रपति पुन छेन्दुमा बिहिबारबाट सुरु हुने ‘१७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’मा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेर चीन पुगेका हुन् ।

उनी बिहीबार विहान ‘१७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’को उद्घाटन समारोह र अपरान्ह बेल्ट एण्ड रोड सम्बन्धी व्यवसायिक समुदायको कार्यक्रमलाई सम्बोधन गर्नेछन् । उपराष्ट्रपतिसँग बुधबार साँझ नै चीनका उपप्रधानमन्त्री हु छुनह्वा ले शिष्टाचार भेट गर्ने कार्यक्रम छ । बुधबार साँझ नै उपराष्ट्रपति चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) सिचुवान प्रान्त र सिचुवान प्रान्तीय जनसरकारको तर्फबाट आयोजित रात्री भोजमा सहभागी हुनेछन् । 

उपराष्ट्रपतिको भ्रमण टोलीमा उनकी धर्मपत्नी हस्तमाली पुन, उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्य, उपराष्ट्रपतिका विज्ञ जीवन आचार्य, चीनका लागि नेपाली राजदूत लिलामणी पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिव गणेश ढकाल, उपराष्ट्रपतिका स्वकीय सहसचिव तुल्सी डाँगी, प्रेस संयोजक मनोज घर्तीमगर, पाश्वबर्ती प्रमुख सेनानी अरुण कुमार केसी छन् । 

यसैगरी परराष्ट्र मन्त्रालयका नायव शिष्टाचार महापाल रामबाबु ढकाल, नेपाली सेनाका सेनानी प्रयोजन श्रेष्ठ, परराष्ट्र मन्त्रालयकी शिष्टाचार अधिकृत ईन्दिरा गोहिवार उपराष्ट्रपतिको भ्रमण टोलीमा छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर