• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

मैनाली स्मृती पत्रकारिता पुरस्कार पत्रकार लम्साललाई

विराटनगर । पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य गणेश लम्साल बुधवार पुरस्कृत भएका छन् । दिवंगत जनार्दन मैलानी स्मृति पत्रकारिता पुरस्कारबाट विराटनगरका सक्रिय पत्रकार गणेश लम्साल पुरस्कृत भएका हुन् । 

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले संयुक्तरुपमा आयोजना गरेको पुरस्कार वितरण समारोहमा पत्रकार लम्साललाई १५ हजार ५ सय ५५ रुपीयाँ राशीको पुरस्कार प्रदान गरिएको थियो । विगत १७ वर्षदेखि पत्रकारितामा निरन्तर सक्रिय लम्साललाई प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले दोसल्ला, प्रमाणपत्र र नगद प्रदान गरे ।  

पुरस्कार बितरण गर्दै मन्त्री कार्कीले पत्रकारितामा निरन्तर श्रम गर्ने र त्यसको माध्यमबाट माध्यामबाट समाजको रुपान्तणमा योगदान गर्ने पत्रकारलाई यसरी पुरस्कृत तथा सम्मानित गर्न पाउँदा उत्साहित भएको बताए ।

प्रेस चौतारी नेपालले प्रत्येक वर्ष एक जना पत्रकारलाई साे पुरस्कार प्रदान गर्दै आएको थियो । यस पटक दुई संगठनबीच एकता प्रकृया चलिरहेकोले दुवै संगठनले त्यसलाई संयुक्तरुपमा प्रदान गरेको हो । यस यस अघि मोरङका ९ जना पत्रकारले यो पुरस्कार पाइसकेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर