• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

प्रदेश १ को संविधान दिवश भब्य  

विराटनगर । संविधान दिवसका अवसरमा प्रदेश १ ले अस्थायी राजधानी विराटनगरमा आयोजना गरेको औपचारिक समारोह भब्यरुपमा सम्पन्न भएको छ । उत्साहपूर्णव सहभागिता तथा चुस्त व्यवस्थापनसहित प्रदेश सरकारले नेपालको संविधानको महत्व र औचित्यको विषयमा युवा पुस्तालाई जानकारीसमेत दिएको छ । 

पहिलो पटक राष्ट्रिय दिवशको रुपमासमेत मनाइएको संविधान दिवसका अवसरमा विराटनगर स्थित शहिद मैदानमा नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीले ब्याण्डसहित मार्चपास गरेको थियो । 

कार्यक्रममा नेपाल स्काउट, राष्ट्रिय सुरक्षा दल (एनसिसि) तथा नगरका विभिन्न शिक्षण संस्थाहरुबाट ठूलो संख्यामा विद्यार्थीहरुको सहभागिता रहेको थियो । त्यस क्रममा सांकृतिक पहिचान झल्कने विभिन्न झाँकीहरु पनि प्रदर्शन गरिएको थियो भने खेलाडिहरुले खेलका विविध कलाहरु प्रदर्शन गरी कार्यक्रममा आकर्षण थपिएको थियो । 

देशको राजधानी काठमाण्डौमा मात्र हुने त्यस प्रकारको भव्य समारोह पहिलो पटक प्रदेश तहमा आयोजना भएपछि नागरिकहरुले संघीयताको एउटा विशेष अनुभूति पनि गरेका थिए । 

प्रदेश प्रमुख डा. गोविन्द तुम्वाहाम्फे, मुख्यमन्त्री शेरधन राई, प्रदेशसभाका सभामुख प्रदिपकुमार भण्डारी लगायत विशिष्ट व्यक्तिहरुको उपस्थितीमा आयोजना भएको समारोहमा संविधान दिवश लेखिएको बेलुन उडाएर कार्यक्रमको सुभारम्भ गरिएको थियो । 

कार्यक्रमलाई सम्वोधन गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सात दशक लामो प्रतीक्षापछि नेपाली जनताले आफूले चाहेअनुसारको संविधान प्राप्त गरेकाले त्यसको महत्व र गरिमालाई उँचो बनाइराख्नु पर्ने बताए ।

उनले संविधानको सफल कार्यान्वयन गरी मुलुकलाई आर्थिक समृद्धितर्फ अगाडि बढाउनकालागि अहिले तीन तहकाा सरकारहरु, नागरिक समाज र नेपाली जनता एकजुट भएर अगाडि बढ्नु पर्नेमा उहाँले जोड दिए । समारोहमा मुख्यमन्त्री राईले लामो समयदेखि नेपाली जनताले चाहेको संघीयता, समावेशिता र धर्मनिरपेक्षता नयाँ संविधानले पूरा गरेको दाबी समेत गरे ।

प्रदेशका १ सय ३७ ओटै स्थानीय तहमा छुट्टाछुट्टै कार्यक्रम गरेर संविधान दिवशलाइृ विशेष महत्वका साथ मनाउन प्रदेश सरकारले निर्देशन दिएको थियो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर