• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

सिके राउतले प्रदेश २ कै सरकारको आलोचना गरेपछि..

नेहा झा/जनकपुरधाम । संविधानको बिरोधमा स्वतन्त्र मधेश गठबन्धन चलाउँदै आएका सिके राउतका समर्थकहरुले जनकपुरधाममा बिरोध प्रदर्शन गरेका छन्  । पूरै मुलुकले संविधान जारी भएको दिनलाई उत्सवको रुपमा मनाई रहेको समयमा प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा सिके राउतका कार्यकर्ताहरुले बिरोध प्रदर्शन गरेका हुन् । 

स्वतन्त्र मधेशको माग गर्दै जनकपुरधामको रामानन्द चोकबाट निस्केको बिरोध रैली नगर परिक्रमा समेत गरेको छ । बिरोध प्रदर्शनमा सयौँको संख्यामा सिके राउतका समर्थकहरुको सहभागिता रहेको थियो । समर्थक हरुले स्वतन्त्र मधेश गठबन्धनको झण्डा तथा प्ले कार्ड बोकेर बिरोध प्रदर्शनमा सहभागी भएका थिए । 

यसै क्रममा राउतको दर्जनौ कार्यकर्ताहरुलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । प्रहरी उपरीक्षक गोविन्द थपलियाले ५ दर्जनभन्दा बढी कार्यकर्ताहरुलाई पक्राउ गरिएको जानकारी दिए । 

समर्थकका बिच राउतले गरे सम्बोधन 
सिके राउतले आफ्नो समर्थकहरुलाई सम्बोधन गर्ने नगर्ने संशयका बिच उनले सम्बोधन गरेका छन् । चलु जनकपुर भरु जनकपुर कार्यक्रम अन्तर्गत राउतले यस अघि नै आफ्ना समर्थकहरुलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको थियो । 

आफ्नो सयौँ समर्थकका बिच सम्बोधन गरेका राउतले मुलुकमा संघियता मधेशी जनतालाई पीडामा पुर्याउनका लागि मात्रै ल्याइएको दावी गरे । उनले आफ्नो सम्बोधनको अधिकांश समय प्रदेश सरकारको आलोचना गर्नमै खर्च गरेका थिए । 

राउतले प्रदेश सरकार मधेशी जनताको सरकार नभई दलालहरुको सरकार रहेको आरोप लगाए । उनले यस अघि खसवादीहरुले मधेशी जनता माथि गोली चलाउँदै आएको थियो अब प्रदेश सरकारको काँधमा बन्दुक राखेर गोली चलाउने षडयन्त्र गरिरहेको आरोप लगाए । मधेशी जनताले यस्तो संघियताका लागि लडाई नगरेको भन्दै अब मधेशी जनतालाई स्वतन्त्रता लिनबाट कसैले रोक्न नसक्ने दावी गरे । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर