• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

बेलैमा प्रहरीले सूचना पाएको भए श्रेया घटनाका दोषी अझ छिटो पक्राउ पर्थेः एसपी राना

पछिल्लो समय देशभर बलात्कार र हत्याका घटना ह्वात्तै बढेका छन् । त्यसमध्य सवैभन्दा चर्चाको शीखरमा कंचनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषय छ । जुन घटनाको दोषी अझै पहिचान हुन सकेको छैन । प्रहरी प्रशासन नै आशंकाको घेरामा परेको छ ।

गत मंगलबार पोखराको पुम्दीभुम्दीमा पनि बालिका श्रेया सुनारको बलात्कार पछि हत्या भयो । छिमेकी कुशुम पौडेलले चक्लेट किन्ने पैसा दिएर उनको बलात्कार गरेको तथ्य खुलेको छ । कास्की प्रहरीले घटना घटेको २४ घण्टा नवित्दै हत्या आरोपी पौडेललाई सार्वजनिक गरेको हो । जसको कारण कास्की प्रहरी र त्यसको नेतृत्व गरिरहेका एसपी ओम राना मगरले वाहवाही पाइरहेका छन् ।  

पोखरा प्रहरीले घटनाका विषयमा गरेको अनुसन्धान र दोषी पक्राउ परेको विषयको सेरोफेरोमा समाचार दैनिक डटकमका पोखरा संबाददाता उमा आलेमगर ले एसपी रानासँग कुराकानी गरेकी छन् ।

श्रेया सुनारको घटनाको प्रकृती कस्तो थियो ?  
बाबुले छोडेपछि श्रेया र उनकी आमा मामाघरमै बस्थे । नजिकैको लिला आधारभुत स्कुलमा ३ कक्षा पढ्ने उनी सोमबार स्कुलबाट फर्किईन् । घर आएपछि हजुरआमासँग ५ रुपैयाँ मागेर उनी पसल गईन्, जहाँ गाउँका धेरैले रक्सी पिउने ठाउँ पनि हो । त्यसैले पसलमा साँझपख धेरै भीडभाड हुन्छ । सोही पसलमा दिउँसो रक्सी टन्न पिएर बाँकी रक्सी बोकेर कुशुम साथीहरुसँग गाउँमाथी डाँडामा गए । 

सबैजना सँगै बसेर रक्सी दिनभरी पिए । साँझ सवा ६ बजेतिर कुशुम चुरोट किन्न पसल झरे । सोही क्रममा उनले श्रेयालाई देखे । कुशुमले श्रेयालाई आफुँतिर बोलाए । त्यसपछि ५ रुपैयाँ दिए । श्रेया फुरु गं भईन् । १० मिटर तल झरेपछि फेरि १० रुपैयाँ दिएर श्रेयालाई समाते ।

श्रेया चिच्याईन् । श्रेयाले प्रतिकार गर्न खोजेपछि कुशुमले उनलाई झाडीमा हुत्याईदिए । झाडीमा कपडा खोलेर जवरजस्ती गर्न खोजेपछि श्रेया झनै ठूलो स्वरमा कराईन् । कुशुमले श्रेयाको घाँटी पनि थिचिदिए र जवरजस्ती बलात्कार गरे ।

त्यतिबेलासम्म श्रेया बेहोस भैसकेकी थिईन् । कुशुमले नजिकैको ढुंगा उठाए र श्रेयाको अनुहार, टाउकोमा बजारे । श्रेयाको हत्या भएपछि उनी मुल सडकमा निस्किए । पानीको मुलमा हातखुट्टा पखाले र खाजाघरमा बसेर चुरोट पिए ।

कुशुमकी श्रीमति दुध किन्न आउँदा देखेपछि दुवैजना सँगै घर गए । कुशुमले कसैले थाहा नपाउने गरी कपडा धोएर सुकाएको तथ्य प्रहरीको अनुसन्धानबाट खुलेको छ । घरमा श्रीमती र ८ वर्ष जतिको छोरा छ । केहीबेरपछि श्रेयाको खोजी सुरु भयो । राती अवेरसम्म पनि नभेटिएपछि मनमा चिन्ता लिएर परिवारले रात कटाए । बिहान स्थानीय तुलसीप्रसाद ढकालले अर्का एक जना लिएर खोज्न हिँडे । बाटोमा डिल भत्केको देखियो ।

झाडीमा न उत्तानो, न घोप्टो परेको अवस्थामा माथि कपडा सोहोरिएको, तल घुँडा मुनी सुरुवाल झरेको अवस्थामा अर्धनग्न शव भेटियो । ढकालले बालिकाकी हजुरबुबालाई खबर गरे । हजुरबुबाले नै प्रहरीलाई खवर पु¥याएका हुन् ।

मंगलबार विहान ८ बजेतिर मात्रै शव भेटिएको जानकारी पाएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नविन कार्कीले बताए । घटना भएको थाहा पाउने वित्तिकै उनकै कमाण्डमा प्रहरीको टोलि घटना स्थल पुगेर अनुसन्धान थालेको थियो ।

बलात्कारपछिको हत्या आशंकामा स्थानीयको दावी बढेपछि प्रहरीले पोष्टमार्टम रिपोर्टका लागि स्वतन्त्र डाक्टरलाई निकाल्न लगाउने आश्वासन दिएर शव अस्पताल पु¥याईएको हो । पोष्टमार्टममा संलग्न डाक्टरहरुले श्रेयाको बलात्कार भएको रिपोर्ट प्रहरीलाई दिए । यसअघि शंका मात्रै गरिएको घटनामा बलात्कारको पुष्टी भयो ।

हत्या आरोपमा पक्राउ परेका पोखरा २२ पुम्दीभुम्दीका कुशुम श्रीमति र छोरासँग बस्छन् । आमाबाबु र परिवारसँग उनी अलग्गै बस्दै आएका थिए । लामो समय बैदेशिक रोजगारीमा गएर फर्केका उनी डेढबर्षदेखि घरमै बसेका छन् । कहिलेकाहीँ कन्स्ट्रक्सन लेवरको रुपमा काम गर्दै आएका छन् । केही समयअघि पनि श्रीमतिले छोराको पढाईका लागि लिएको ५० हजार रुपैयाँ ऋणको पैसा लिएर उनी बेपत्ता भएका थिए ।

घटना घटेको २४ घण्टा नवित्दै दोषीलाई पक्राउ गर्नुभयो कसरी सम्भव भयो ?
घटना असोज ८ गतेको हो । बच्चा स्कुल गएर घरमा आएको । घर आईसकेपछि कपडा परिवर्तन गरेर बिस्कुट किन्न गए पछि फर्केन भन्ने भयो अघिल्लो दिन ।

भोलिपल्ट हामीलाई विहान मात्रै खबर भयो । खबर हुना साथ हामीले अत्यन्तै संवेदनशीलका साथ प्रहरी चौकीबाट टोली पठाइहाल्यौ । त्यसपछि वडा प्रहरी कार्यालय वैदामबाट डिएसपीको कमाण्डमा अर्को टोली पठायौँ । त्यसका साथसाथै हाम्रो डग स्न्यापिङ्ग टोली तुरुन्तै परिचालन ग¥यौँ ।

त्यसपछि जिल्ला प्रहरी कार्यालयका डिएसपी कमलको कमाण्डमा अर्को टोली पठायौ । त्यसपछि पनि गाउँघर सबैतिर बुझ्न सादा जिल्लाको सादा पोसाकको टोली र मातहतको बगर, वैदाम र रामबजारको समेत सादा पोसाक र प्रहरी पनि परिचालन ग¥यौ ।

त्यसका अलावा प्रदेश सरकारबाट पनि प्रहरी माग गरियो । संघीय प्रहरी कार्यालयबाट पनि प्रहरी परिचालित भयो । र म आफु स्वंय पनि तत्काल टोली लिएर घछनास्थल पुगेर मुद्धा शाखाको अफिसर, मृतकको ठूलो बुवा सहित घटनास्थलमा पुगेर घटनाको मुचुल्का उठाएर शवलाई पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा पठाईयो ।

पोष्टमार्टमको कामसँगसँगै हामीले संलग्न व्यक्तिहरु को हुन सक्छ भनेर सम्बन्धित ठाउँमा त्यो समयमा कहाँ कहाँबाट मान्छेहरु आए ? को को आए ? ती मान्छेहरु अहिले छन् की छैनन् ? अथवा शान्ति स्तुपादेखि त्यो एरियामा को को व्यक्ति आए या को कसको सवारी साधन आए भन्ने विषयमा सादा पोशाकमा प्रहरी परिचालन ग¥यौ । र घटनाको प्रकृति बुझेर अनुसन्धान गर्दै जाँदा दोषी पत्ता लाग्यो र सोधपुछ गर्दा दोषीले पनि आफूले नै घटना घटाएको हो भनेर स्विकार गरे । म त के भन्छु भने बच्चा हराउने वित्तिकै अझै छिटो खबर गर्दिएको भए अझै छिटो अपराधी हामीले पक्राउ गर्न सफल हुन्थ्यौ । 

म इन्चार्ज भएको जुनसुकै घटनामा पनि मैले आफ्नो मातहतका टोलीलाई सानो भन्दा सानो सुचना पाउँना साथ मेरो नजिकको प्रहरी तत्कालै खटिन्छ । पोशाकमा एउटा टोली खटिन्छ र सादा पोशाकमा अर्को टोली खटिन्छन् जो विगतका धेरै कार्यहरुमा अनुभव संगाल्ली सकेका अनुसन्धानको कार्यमा पोख्त कर्मचारीहरुलाई काम खटाएर अनुसन्धान विश्लेषण गरेर अपराधी पक्राउ गछौँ ।

यो घटनालाई बलात्कार प्रयास कि बलात्कार नै भन्न मिल्छ ?
पीडकले पीडीतको योनीमा औलाको प्रयोग गरेको छ । कसैको पनि संवेदनशील अङ्गमा केही घुसारिन्छ वा प्रयोग गरिन्छ त्यसलाई पनि बलात्कार नै भनिन्छ । त्यो भएको हुनाले मृतकको बलात्कार पछि हत्या भएको हो ।

कञ्चनपुरको घटनाले प्रहरीप्रति जनताको अविश्वास बढेको छ । श्रेयाको घटनामा कस्तो रह्यो ?
श्रेया हराएको केहीबेरपछि उनको खोजी सुरु भयो । राती अवेरसम्म पनि नभेटिएपछि मनमा चिन्ता लिएर परिवारले रात कटाए । बिहान स्थानीय तुलसीप्रसाद ढकालले अर्का एक जना लिएर खोज्न हिँडे । बाटोमा डिल भत्केको देखियो ।

झाडीमा न उत्तानो, न घोप्टो परेको अवस्थामा माथि कपडा सोहोरिएको, तल घुँडा मुनी सुरुवाल झरेको अवस्थामा अर्धनग्न शव भेटियो । ढकालले बालिकाकी हजुरबुबालाई खबर गरे । हजुरबुबाले नै प्रहरीलाई खवर पु¥याएका हुन् ।

मंगलबार विहान ८ बजेतिर मात्रै शव भेटिएको जानकारी पाएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नविन कार्कीले बताए । घटना भएको थाहा पाउने वित्तिकै उनकै कमाण्डमा प्रहरीको टोलि घटना स्थल पुगेर अनुसन्धान थालेको थियो ।

बलात्कारपछिको हत्या आशंकामा स्थानीयको दावी बढेपछि प्रहरीले पोष्टमार्टम रिपोर्टका लागि स्वतन्त्र डाक्टरलाई निकाल्न लगाउने आश्वासन दिएर शव अस्पताल पु¥याईएको हो । पोष्टमार्टममा संलग्न डाक्टरहरुले श्रेयाको बलात्कार भएको रिपोर्ट प्रहरीलाई दिए । यसअघि शंका मात्रै गरिएको घटनामा बलात्कारको पुष्टी भयो । जसले जे भने पनि हामी प्रहरीले निष्पक्ष रुपमा काम गरिरहेका छौँ ।

उक्त घटनापछि विरोधको कायृक्रम भैरहेको छ, कतै पोखराको घटनाले कञ्चनपुरको जस्तो रुप लिने त होइन् ?
घटनामा संलग्न भएको व्यक्तिलाई नै हामीले कानुनको कठघरामा ल्याइसकेको कारणले गर्दा प्रहरीलाई अनुसन्धानको कार्यमा सहयोग गर्न आग्रह गर्दछौँ । यस्ता थप घटना नघटोस् भनेर हामी सबै सचेत हुन आवश्यक छ । त्यसको लागि सचेतनामुलक कार्यक्रम गर्दै जानुपर्छ ।

बलात्कारको घटना बढेको हो ? यसको कारण के हो ?
घटना घट्नमा धेरै कारण छ । यस्ता घटना प्राय आफन्त, नातागोता र छिमेकीबाट घटनाहरु घटिरहेको छ । यसमा केही मात्रामा विकृत अवस्था पनि छ । मदिराको नसाको तालमा, मोबाइलमा यौनजन्य क्रियाकलापहरु हेर्ने, लागुऔषधको अत्यधिक प्रयोगले पनि यस्ता घटनाहरु बढिरहेका छन् ।

साथसाथै विकास र समृद्धिसँगै विकृति पनि भित्रिरहेको छ । व्यस्त जीवनशैलीसँगै अभिभावकले आफ्नो सन्तानलाई समय दिन नसक्ने, वैदेशिक रोजगारी कारण पनि यस्ता घटना हुने गर्दछ । त्यसैले नेपाल प्रहरी २४ सै घण्टा यस्ता घटनाको विरुद्ध जनताको सुरक्षाको लागि खटिरहेका हुन्छौँ । विभिन्न ठाउँमा सचेतनामुलक कार्यक्रमको लागि पनि हामी लागी
परेका छौँ ।

लामाचौरको पछिल्लो अपडेट के छ ?
त्यस घटनामा जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरीको विशेष टोली सहित हामी अनुसन्धान गरिरहेका छौँ । त्यो सकिएको छैन् । कतिपय घटनाहरु तत्काल दोषी पत्ता लाग्छ भने कतिपय घटनामा समय लाग्छ । कुनै घटनामा तत्काल प्रमाण भेटिएको खण्डमा दोषी छिटो पत्ता लाग्छ भने प्रमाण नष्ट गरिएको हुन सक्छ . त्यो अवस्थामा दोषी पत्ता लाग्न समय लाग्छ ।

अन्त्यमा कास्की र आशपासका जिल्लाबासीलाई के भन्नुहुन्छ ?

नेपाल प्रहरी जनताको घरदैलोमा सुरक्षाको लागि २४ सै घण्टा खटिरहेको छ । कहि कतै कुनै शंका लागेको वस्तु वा व्यक्ति भेटेमा तत्काल नजिकैको प्रहरी चौकीमा खबर गर्नुहोला । र तपाईहरुले गर्नुभएको सचेतनामुलक कार्यक्रममा सहकार्य गर्न हामी तयार छौँ । कही त्यस्तो घटना घट्यो भने तत्कालै नजिकको प्रहरी चौकीमा खबर गर्दिनु भएको खण्डमा अपराधीलाई चाँडो पक्राउ गर्न हामी सफल हुने थियौँ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर