• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

केही भएन भन्दै उफ्रनेहरुले कुण्ठा पोखेका मात्रै हुन् : प्रम ओली

६ महिना भित्र खानेपानी र ढल, २ वर्ष भित्र राम्रो बाटो बनाईसक्छु

नेकपाको एकतासँगै पार्टी भित्र देखिएको मौनताको बाँध फुटेको छ । नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले संघीय संसदको प्रतिनिधिसभामा मन्तव्य दिदै पार्टी भित्रको समस्या मात्र पोखेनन्, सरकार संचालन र जनआकाँक्षा पुरा गर्ने सन्दर्भमा सतहमा आएका विषयहरुलाई भाँती मिलाएर पस्किए । 

नेता नेपालको सरकार र पार्टी नेतृत्वप्रतिको खरो अभिव्यक्ती सार्वजनिक भएको २ दिनपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले संयुक्त राष्ट्रसँघको महासभामा अमेरिका रहेका बेला पत्रकार सुर्य थापासँगको अन्तरबार्तामा जवाफ फर्काए ।

प्रस्तुत छ पत्रकार थापाले प्रधानमन्त्री ओलीसँग गरेको कुराकानीको संपादित अंश :

तपाई प्रधानमन्त्री हुँदाखेरि जनतामा धेरै नै आशा देखिन्थ्यो । तर, छ महिना बित्दा निराशा, आक्रोश र सरकारले काम गर्न नसकेको भन्ने जस्तो वितृष्णा पनि सामाजिक सञ्जाल र मिडियामा देखिन्छ । यसलाई कसरी लिनुभएको छ र?

एउटा कृत्रिम परिस्थिति निर्माण गर्न खोजिएको छ, जसको खासै अर्थ छैन । सरकार बनेपछि भ्रष्टाचार रोकिएको छ । सुशासनका पक्षमा थुप्रै कदमहरु चालिएका छन् । थुप्रै कानूनहरु संविधान कार्यान्वयनका लागि बनेका छन् ।  

मुलुकी फौजदारीसंहिता ऐनको सम्बन्धमा गत वर्ष बनेको थियो, त्यसमा बनाउनेहरुले नै अहिले बखेडा निकाल्या छन् । अहिले एक वर्ष पछि आएर यो सरकार तानाशाही भयो भन्दै उफ्रिएका छन् । यो सरकारले अलोकतान्त्रिक कानून बनायो भनेर उफ्रेका छन् । आज विरोधका स्वरहरु आयोजना गर्ने पनि उनीहरु नै हुन् । त्यसलाई उचाल्ने पनि उनीहरु नै हुन् ।
केही मान्छेहरुमा अलिकति कुण्ठा देखिन्छ । त्यो कुण्ठा पोख्नका लागि विभिन्न प्रकारका कुराहरु गरेका छन् ।

अहिलेको यो सरकारले बजेट बनाउँदा नबनाउँदा यसैवीचमा देशभरिका बाटा बनाइसक्न त सम्भव थिएन । तर, यसवीचमा तीन दिनमा एउटाका दरले तुइनहरु विस्थापित भएका छन् । झोलुंगे पुलहरु बनेका छन् । र, बाटाहरु बनेका छन् ।

मेलम्चीबाट खानेपानी एक डेढ महिनाभित्र हामी काठमाडौंमा ल्याउँदैछौं । बाटाहरु छन् नै कहाँ काठमाडौंमा भनेजस्तो स्थिति छ । त्यसलाई मैले भनेको छु कि ६ महिनाभित्र म यो सबै व्यवस्थापन गरिसक्छु । र, दुई वर्षभित्र बाटाहरुलाई ठीक ठाउँमा ल्याइसक्छु र काठमाडौं ढलको हिसाबले, पानीको हिसाबले, बिजुलीको हिसाबले, टेलिफोनको हिसावले, यी सबै हिसाबले व्यवस्थित र राम्रा बाटाहरु भएको शहर दुई वर्षभित्र बनाउँछु ।

दुई वर्षभित्र राम्रा बाटाहरु बनाइ सक्छु भन्दा चाहिँ केही पनि गरेन भनेर उफ्रिनेहरु, भनेजस्तो भएन भनेर उफ्रिनेहरु यो तपाईले भनेजस्तो सामाजिक सञ्जालमा फिँजाइएको एउटा हल्ला हो ।

प्रधानमन्त्रीज्यू, दिगम्बर झालाई नियुक्ति गर्दा, पप्पु कस्न्स्ट्रक्सन जस्ता स(साना व्यक्ति(व्यक्तिका कुरा जोड्दाखेरि सिधै तपाईसँग नाम जोड्ने गरेका छन्, विवादमा फस्ने खालका काम नगर्दा हुन्थेन ?

पप्पु कन्स्ट्रक्सनलाई काम हामीले दिएको होइन । पप्पु कन्स्ट्रक्सनका पुल हाम्रो समयमा बनेका होइनन् । भत्किएका पुल, नबनेका पुल, भाँच्चिएका पुल, कच्ची पुल, जे भएका हाम्रो समयमा होइन । केके कारणले एउटा पनि राम्रो काम भएन, त्यो पहिलेका सरकारले जान्ने कुरा हो । तर, अहिलेको सरकारले तत सम्बन्धमा छानविन गरेको छ  ।

केही मान्छेहरुको नियुक्ति छ, ती मान्छेहरु अदालत गएर फिर्ता भएर आएका छन् । हुन त अदालत जानेवित्तिकै म पुनस्थापन भैहाल्छु, तर मैले यो झैझगडाको बाटो छाडिदिएँ भन्यो । अदालत गएपछि त पुनस्थापना भइहाल्छ । त्यस्तो अवस्थामा एउटामात्रै मान्छेले सरकारसँग मुद्दा लडेन भनेर उसलाई चाहिँ बाहिर राख्नुपर्ने रु उसलाई क्षमता ठिकै छ, दालतबाट आउनुपर्ने आएन भने पनि उसलाई अहिले दिँदाखेरि न्यायोचित नै हुन्छ, किनभने भ्रष्टाचार पहिले गरेको छ कि छैन, भ्रष्टाचारको आरोप होला । क

तै दोषी प्रमाणित भएको थाहा छैन । भ्रष्टाचार अहिले गर्न दिइँदैन । अहिले कुनै लेनदेनको कारोबार हुँदैन । कुनै कमिसनतन्त्र चल्दैन । यसो भएर अदालत नगएवापत कोही बाहिर बस्नुपर्ने जस्तो कुरा हुँदैन भन्ने कुरा आउँदाखेरि त्यसलाई मानिएको हो ।

दुई तिहाईको सरकार बनेको सुरुवातमै घेराबन्दीमा परेको जस्तो लाग्छ रु यो घेराबन्दी भित्रबाट छ या कसले गरिराखेको होला ?
मलाई त्यस्तो घेराबन्दीजस्तो लाग्दैन । केही कुण्ठा, केही त्यस्ता कुराहरु अभिव्यक्त भएका होलान्, पोखिएका होलान् । ती हाम्रोजस्तो कलिलो लोकतन्त्रमा राम्रो र नराम्रो, राम्रा काम र नराम्रा काम, राम्रा अभिव्यत्ति, र नराम्रो अभिव्यक्ति, देश र जनताप्रति समर्पित र आफूप्रति केन्द्रित अभिव्यक्ति छुट्याउन जनतालाई पनि समय लाग्छ ।  

म दुईचार दिन संयुक्त राष्ट्र संघतिर आएँ । कतिपय नेताहरुले बोलेको सुनियो, लौन देश डुब्न लाग्यो,  कोही त आऊ बचाऊ । म फर्केर गइहाल्छु, त्यसकारण यो ठूलो समस्याको कुरो होइन ।

तपाईले कार्यकर्ताहरुलाई अरिंगालजस्तो बन्नुपर्‍यो भन्नुभयो । तर, माधव नेपाल र अन्य नेताहरुले सरकार र पार्टीको कामप्रति निक्कै ठूलो असन्तुष्टि व्यक्त गरेका छन् । कसरी हेर्नुहुन्छ ?
मैले जसरी भनें, त्यस कुरालाई अरुले अलिकति बंग्याएर पनि हेरे । कुनै पनि संस्था एउटा विचारमा, आदर्शमा र उद्देश्यमा आवद्ध भएको हुन्छ । पार्टी भनेको बजारमा भेला भएका मान्छे होइनन् । कोही माछा किन्न, कोही साग किन्न गएको हुन्छ । कोही बेच्न गएको हुन्छ, कोही अरु नै केही कामलाई गएको हुन्छ । विभिन्न कामले गएका हुन्छन् । विभिन्न उद्देश्यले गएका हुन्छन् । तिनको गन्तव्य पनि एउटै हुँदैन, उद्देश्य पनि एउटै हुँदैन ।

पार्टी भनेको त्यस्तो होइन । पार्टी एउटा आदर्श र एउटा बाटोबाट अगाडि बढ्नुपर्छ । मुख्य आदर्शमै हमला भइरहँदाखेरि खुच्चिङ भनेर बस्नेखालको प्रवृत्ति दलीय प्रवृत्ति होइन । अथवा आदर्शमा आवद्ध प्रवृत्ति होइन । मैले त्यतापट्टि ध्यानाकर्षण गरेको हुँ ।

हामीविरुद्ध अवश्य नै घेराबन्दीजस्तो स्थिति भएको हो, तर हामीले त्यसलाई तोडेर संयुक्तरुपमा चुनाव लड्यौं । पार्टी एकता गर्‍यौं । राम्रो बहुमत हामीसँग छ । सरकारमा दुई तिहाई छ । मैले तीन चौथाई भन्दा बढी मतको समर्थन प्राप्त गरें । नीति कार्यक्रम सर्वसम्मतिले पास भो ।

यस स्थितिका साथ अगाडि जाँदैछ र र, अहिले साउन र भदौमा बजेट कार्यान्वयन सुरु भएको हो । अब साउन र भदौमा बजेट निकासा हुन पाएको छैन । पानी परेको छ, पहिरो गएको छ, बाटो बन्न पाएको छैन ।

त्यसैबेला भारतसँगका थुप्रै सन्धी सम्झौताहरु पुनरावलोकन गर्नेदेखि लिएर चीनसँग पारवहन यातायात सन्धीको प्रोटोकल तयार हुनेदेखि लिएर यी सप्पै काम भएका छन् । र, नयाँ उत्साहका साथ देश अगाडि बढिराखेको छ । अब यसमा म नहुनेवित्तिकै अब कसैलाई अलिकति शुन्यता भो, छटपटी भो ।
 

प्रदेश कमिटीका इञ्चार्जहरु छान्ने कुरामा पार्टीभित्र असन्तुष्टि देखिएको हो नि ?
त्यो असन्तुष्टिका लागि असन्तुष्टि हो । पार्टीमा फलानो गुटको फलानो प्रतिनिधि, फलानो गुटको फालानो प्रतिनिधि हैन, योग्यता क्षमता आवश्यकता अनुसार हुन्छ ।  कसैलाई चाहिँ धेरै क्षमता भएकाले डबल जिम्मेवारी दिइएको हो र?

यो पहिल्यैदेखि थियो । एक नम्बर प्रदेशमा भीम आचार्य पहिलेदेखि नै हुनुहुन्थ्यो । दुईमा सत्यनारायण मण्डल पहिल्यैदेखि हुनुहुन्थ्यो । तीनमा अष्टलक्षमी शाक्य पहिलेदेखि हुनुहुन्थ्यो । चारमा यसपल्ट परिवर्तन भएको हो । पाँच मा महासचिव भएको हुनाले परिवर्तन भएको हो । ६ मा जनार्दनजी हुनुभो क्यार । ७ मा भीम रावलै हुनुहुन्थ्यो ।

देश डुब्न लाग्यो भनेर तपाईकै पार्टीका नेताले चिन्ता गरिरहनुभएको छ,  अब नेपाल गएपछि देशलाई अघि बढाउनुहुन्छ ?
 देश डुब्न लाग्यो भनेर उहाँले कविता सविता केही साहित्य भाषण गर्नुभएको होला । देश त अत्यन्त सही बाटोमा, सही ढंगले अगाडि बढेको छ ।  

कञ्चनपुरको घटनालाई कसरी हेरिरहनुभएको छ ?

सरकार एकदम ठ्याक्कै सफल भयो भन्न त म भन्दिनँ । किनभने सरकारले पत्ता लगाउन सकेको छैन । कोशिस गरिराखेको छ । तर, कहिले कहिले यस्ता घटनाहरु पत्ता लगाउन अलि समय लाग्छ । त्यसलाई विषय बनाएर यही सरकारले नै यो अपराध गराएको हो जस्तो गर्न खोज्ने भनेको त विषयविहीनताको, विषयको दरिद्रताको र संस्कार दरिद्रताको स्थिति हो ।

कञ्चनपुरलगायतका हिंसाका घटनाहरु भइरहँदाखेरि सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको भनेर आलोचना भइरहेको छ नि ?

हैन, केही मान्छेहरु सबै काम छाडेर यसैमा लागेका छन् । जसरी पनि विरोध गर्ने । तपाईले हेर्नु भयो भने ‘यो सरकारले के गर्दैछ, हत्या हिंसा बलात्कार गरिराखेको छ रु यस्ता बकबास गर्ने बकबासीहरुका सम्बन्धमा त हामीले केही कमेन्ट गर्नु छैन ।
 
तर, दुई तिहाईको प्रधानमन्त्रीले चाहेमा जे पनि हुन्छ भन्ने आशा छ क्या जनतामा ।

त्यो विस्तारै हुन्छ । विस्तारै के हुन्छ भने हामी राज्य संयन्त्रलाई सबल बनाउँछौं । सामाजिक नैतिकताको धरातल जुन खस्किँदो छ, त्यसलाई माथि उठाउँछौं । राजनीतिक नैतिकता, राजनीतिक उचाइ र स्तर यति तल खसेको छ, त्यसलाई उठाउनुपर्ने छ । जे पनि बोकेर हिँड्ने । राजनीतिक पार्टीहरुका राजनीतिक एजेण्डा छैनन् । कुनै विषय छैनन् । राष्ट्र निर्माणका कुनै विषय छैनन् । राजनीतिक, आर्थिक, सामाजिक, सांस्केतिक कुनै विषय छैनन् ।

अनि के भेटिन्छ भन्दाखेरि मुसाले चामलको बोरामा प्वाल पार्‍यो अरे भन्ने सुन्यो भने ल यस्तो सरकार १ मुसाले चामलको बोरामा प्वाल पारुञ्जेल के हेरेर बस्यो रु नालायक सरकार भनेर कराउने । यो खालको राजनीतिक संस्कृति जुन छ,  यो एकछिनका लागि हो । दयालाग्दो संस्कृति हो यो । यसलाई संस्कृतिका रुपमा जो उठाउन खोजेका छन्, केही खर्थ छैन यसको ।

राज्य समाजमा शान्ति सुव्यवस्था, स्तरीय समाजको निर्माण, सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण, जनतालाई डेलीभरी दिने कुरा र विकासतर्फका आफ्ना प्रयासहरुलाई सुदृढ ढंगले अगाडि बढाउने कुरामा दत्ततित्त छ । त्यसमा आफ्नो स्रोत लगाउनेदेखि लिएर, छिमेकीहरुसँगको सम्बन्ध सुमधुर बनाउनेदेखि लिएर अन्तरराष्ट्रिय सहयोग समर्थन जुटाउनेदेखि लिएर सप्पै कुरामा राज्य केन्द्रित भएर लागेको छ ।

सरकारले प्रतिपक्षलाई बढी आक्रमण गर्‍यो भन्ने छ ‘।
केमा आक्रमण रु अब चुनावमा उहाँहरु हार्नु भो । त्यसैलाई भन्नुभएको हो कि रु चुनावमा त उहाँहरुले हामीलाई हराउन खोज्नुभयो, हामीले उहाँहरुलाई हराउन खोज्यौं । सरकारमा उहाँहरु हुनुहुन्थ्यो, उहाँहरुले चुनाव गराउनुभो, हामीले चुनावमा सुरुसुरु भाग लियौं । जनताले हामीलाई भोट दिए । हामीले हरायौं । कसरी बुझ्नुभयो उहाँहरुले लोकतन्त्रलाई रु हामीले उहाँहरुलाई हराउन हुँदैनथ्यो कि ?

प्रधानमन्त्रीज्यु, हामी विदेशमा बस्ने नेपालीहरु देशलाई असाध्यै माया गर्छौं, तर देशमा रहेर नेपालाई टुक्र्याउनुपर्छ भनिरहेकाहरुलाई तपाई किन कारवाही गर्नुहुन्न ?
देशमा हिंसा मच्चाउनुपर्छ भन्ने कुरा, देश टुक्र्याउनुपर्छ भन्ने कुरा खुलेआम गर्दै हिँड्ने तत्वहरु छन् । यसमा म अलिक राम्ररी नै हेर्दैछु, मसिनो गरी । यसका पछाडि क(कसको हात छ, के के छ । तर, जे होस्, सिधै दुश टुक्र्याउँछु भन्नेलाई कुनै कानूनी कारवाही गर्न, गिरफ्तार गर्न पनि पाइँदैन, थुन्न पनि पाइँदैन ।

कसले रोकेको छ तपाईँलाई ?
अदालतले नै रोकिराखेको छ । छोडिराखेको छ । हिंंसा गर्छु भन्नेले अदालतको प्राङगणमा भन्छ, हामीसँग बन्दूक छ, हामीलाई थुन्न सक्दैन । यो सत्ता ढाल्छौं । आदि इत्यादि अदालतको प्राङगणमा भन्छ । तर, सरकारले समाउन सक्दैन, अदालतले के भन्छ भने छोड् भन्दाभन्दै समातेकोमा चेतावनी दिन्छौं सरकारलाई भन्छ ।

मान्छेहरु मारिएका छन् । चुनाव बिथोल्न खोजिएको छ । विस्फोट गराइएको छ । गाडीसमेत मान्छेहरु अंगभंग भएका छन् । कोही मारिएका छन् । कसैका खुट्टा गएका छन्, कसैका हात गएका छन् ।

यस्तो अवस्थामा कुनै पनि मुद्दा मुद्दै होइन भन्ने, यस्तो खालको अवस्था छ । यो कहाँनेरि के नमिलेको हो, हामीले पनि अलिकति बुझेका छैनौं । यो राष्ट्रका सबै अंग र निकायको चासोको विषय हुनुपर्ने हो । तर, कतिपय यस्ता अंगहरु, निकायहरु फरार गराउनलाई अदालतको ढोकामा पुग्छन् ।

यस्ता अस्वाभाविक लाग्ने खालका कुराहरु हुने गरेका छन् । तर, यसमा म के भन्न चाहन्छु भने अन्ततोगत्वा जनताले निर्वाचनका माध्यमबाट सरकार छानेको, मैले सबैका अगाडि नम्र निवेदन गर्नुपर्छ, यसदेशको सार्वभौम सत्ता यसदेशको भौगोलिक अखण्डता यस देशको स्वाधीनता, यस देशको हित र स्वाभिमानको रक्षा गर्नका लागि हो, त्यो यो सरकारले गर्छ । फाइनल कुरा ।

अर्को कुरा, देशलाई फेरि अशिन्ततर्फ धकेल्ने प्रयासहरु यो सरकारले हुन दिँदैन, रोक्छ । अन्तिम निश्कर्ष त्यो हो । हामी जे पनि स्वीकार्छौं, जे पनि मान्छौं भन्ने कुरा होइन ।

गैरआवासीय नागरिकताको विषयमा संसदमा अहिले के भइरहेको छ ?
हामीले भन्ने गरेका छौं, एकपटकका नेपाली, सधैंका नेपाली । बाहिर गएका बेला बाहिरको नागरिकता लिएमा उसले देशभिको राजनीतिक अधिकार प्रयोग गर्न सक्ने अवस्था हुँदैन । तर, अरु, आर्थिक, सामाजिक, सांस्कृतिक लगायतका अधिकारहरु प्रयोग गर्न फुक्का हुन्छ भन्ने हिसाबले संविधानमै व्यवस्था गरियो । गैरआवासीय नेपाली संघको माग, आग्रह, ईच्छाअनुसार नै कानून बन्छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर