• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

यौन अपराध अभियोगमा टोकियोमा नेपाली युवा पक्राउ

टोकियो । यौन अपराधको अभियोगमा जापानको टोकियोमा एक नेपाली युवा पक्राउ परेका छन् । आफ्नो डेरा फर्कदै गर्दा २० बर्षिया जापानी युवतीलाई होटल तिर जाउँ भन्दै जबरजस्ती चुम्बन गरेको आरोपमा युवा पक्राउ परेका हुन् ।

विद्यार्थी भिसामा जापान आएका गुल्मीका २७ बर्षीय शिव न्यौपानेले ‘होटेल जाउँ’ भन्दा युवतीले बेवास्ता गरेपनि जबरजस्ती स्तनमा छोएको आरोप छ । घटना जुन महिनाको भएपनि न्यौपाने लगातार लुक्ने प्रयास गरेका थिए । 

न्यौपानेलाई सिसिटिभि क्यामेराको मद्दतले पक्राउ गरिएको जापानी सञ्चार माध्यमले जनाएका छन् । छानबिनका क्रममा रक्सी खाएको बेला गल्ती गरेको स्विकार गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर