• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

गण्डकी प्रदेशको प्रतीक चिन्ह लोगो हो कि पोस्टर ?

अझ लोगोमा नेपालको नक्सा कुन प्रयोजनले राखियो त्यसको कुनै अर्थ नै छैन । नेपालको नक्साको विषयमा पछिल्लो समय बहस निकै पेचिलो ढंगले आइरहेको छ । नक्सालाई सरकारी निकायले नै दुरुपयोग गर्ने हिसावमा प्रयोगमा ल्याउने वातावरण बनाएपछि यो विषय झन् पेचिलो बन्दै गइरहेको छ ।

गण्डकी प्रदेश सरकारले सार्वजनिक गरेको प्रदेश लोगो (प्रतीक चिन्ह) पर्यटन प्रबर्धन गर्ने पोस्टर जस्तो छ । प्रदेशको नाम टुंग्याएको साढे २ महिनापछि गण्डकीले प्रदेशको प्रतीक चिन्ह (लोगो) सार्वजनिक गरेको हो । लोगो तथा पोशाक सिफारिस समितिको भदौ ३० गतेको बैठकले गरेको निर्णयानुसार गण्डकी प्रदेशको लोगो सार्वजनिक गरेको हो ।

उक्त प्रतीक चिन्ह प्रदेशसभा सचिवालयमा कार्यरत् कर्मचारी गोरखाका विनित रानामगरले बनाएका हुन् । समितिले साउन २१ गते प्रदेश सरकारको लोगो बनाउन सार्वजनिक आह्वान गरेको थियो । जसमा १२ वटा लोगो प्रतिस्पर्धाका लागि भिडेका थिए । तीमध्ये मगरले बनाएको चित्रलाई लोगोका रुपमा छानियो । मगरले उक्त लोगो  छानिएवापत् नगद २५ हजार पुरस्कार पाउने भएका छन् ।

सायद प्रतीक चिन्हको सामान्य ज्ञान पनि नभएका निर्णायक भएपछि छानिने यस्तै लोगो हो । लोगो तथा पोशाक सिफारिस समितिले यस विधासँग सम्बन्धित विज्ञसँग कुनै विमर्श नै नगरी लोगो छान्दा ऊँट बन्न पुगेको छ । नेपालमा कानुन निर्माताले नै कलाको मूल्यबोध र त्यसको अर्थलाई सही ढंगले पहिचान गर्न नसक्दा लोगो चित्र वा पोस्टर जस्तो बन्न गएको छ ।

लोगो र पोशाक निर्धारण गर्न कार्यव्यवस्था परामर्श समितिलाई जिम्मा दिइएको थियो । समितिले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका सचेतकलाई समेटेर छुट्टै लोगो तथा पोशाक सिफारिस समिति बनाएको थियो । यो समितिले लोगो टुंग्याएर प्रदेशसभालाई बुझाइसकेको छ ।

यस्तै समितिले प्रदेशसभा सदस्यको लागि खैरो रंगको पोशाक सिफारिस गरेको छ । गण्डकी प्रदेशका प्रदेशसभा सदस्यले लोगोसहित खैरो कोट लगाउनुपर्नेछ । सचिवालयले २०७५ सालको साउन २१ गते सार्वजनिक सूचना जारी गर्दै खुल्ला प्रतिस्पर्धामार्फत लोगो माग गरेको थियो ।

जनताद्वारा चुनिएका कानुन बनाउने र लागु गर्ने जनप्रतिनिधिले प्रतीक चिन्हको गम्भिरतालाई गहनताका साथ नबुझ्दा यो ‘लोगो’ नेपालको पर्यटन प्रबर्धन गर्ने पोस्टर जस्तो छानिन गएको छ । लोगो भनेको ‘सरल,  सुन्दर तथा सांकेतिक’ हुनुपर्छ ।

लोगोमा गण्डकी प्रदेशमा पाइने सबै चीजलाई जस्ताको तस्तै राखिएको छ । सायद प्रतीक चिन्हको सामान्य ज्ञान पनि नभएका निर्णायक भएपछि छानिने यस्तै लोगो हो । लोगो तथा पोशाक सिफारिस समितिले यस विधासँग सम्बन्धित विज्ञसँग कुनै विमर्श नै नगरी लोगो छान्दा ऊँट बन्न पुगेको छ । नेपालमा कानुन निर्माताले नै कलाको मूल्यबोध र त्यसको अर्थलाई सही ढंगले पहिचान गर्न नसक्दा लोगो चित्र वा पोस्टर जस्तो बन्न गएको छ । प्राविधिक ढंगले पनि यो लोगो व्यवहारिक र उपयुक्त छैन ।  लोगो के हो, चित्र के हो, पोस्टर के हो भन्ने सामान्य ज्ञान नभएपछि बन्ने ऊँट नै हो ।

निशाना छाप छाप्ने वा बनाउने सरकारको एकै ठाउँ छैन । नेपाल तथा विदेशमा समेत यसलाई छाप्ने या छाप बनाउने गरिन्छ । हेर्दा सामान्य लाग्ने यो विषय देश र सिमानाका लागि निकै गम्भिर त्रुटिपूर्ण छ । कथंकदाचित यो छाप बाह्य मुलुकमा बनाउन दिइयो भने र त्यसमा नक्सा बिगारेर राखियो भने त्यसले भोलिका दिनमा अपठ्यारो पार्ला ?

यसबारेमा कलाकार भाजु महेशले फेसबुकमा लेखेका छन्, ‘यहाँ बुझ्नुपर्ने कुरा के हो भने, चित्र र लोगो, अर्थात् प्रतीक चिन्हमा नितान्त फरक छ । यसलाई लोगो हैन, पोस्टर भनौं । लोगो वा प्रतीक चिन्ह के हो भन्ने नजान्नेले बनाउन लगाएको र बनाएकोलाई लोगो पनि के भन्ने र खै ! उही हाम्रो नेपाल सरकारको लोगोमा भए भरको सबै चिजविज खाद्न लाएर बनाएको भद्दा लोगो जस्तो । संसारको सर्वाेत्कृष्ट प्राणी बनाउँछु भन्दा भगवानले ऊँट बनाए जस्तो । तपाईहरू के भन्नु हुन्छ ?’ 

अझ लोगोमा नेपालको नक्सा कुन प्रयोजनले राखियो त्यसको कुनै अर्थ नै छैन । नेपालको नक्साको विषयमा पछिल्लो समय बहस निकै पेचिलो ढंगले आइरहेको छ । नक्सालाई सरकारी निकायले नै दुरुपयोग गर्ने हिसावमा प्रयोगमा ल्याउने वातावरण बनाएपछि यो विषय झन् पेचिलो बन्दै गइरहेको छ ।

यसले नेपालको राष्ट्रियतामा समेत दीर्घकालीन प्रभाव पार्न सक्छ । देशको सिमानालाई चिनाउने प्रतीकको रुपमा नक्सालाई लिने गरिन्छ । यो नक्सामा मिहिन ढंगले देशको भूगोललाई समेटिएको रेखाचित्र हुन्छ । ती रेखालाई कथंकदाचित कसैले नियतवंश या भूलवंश तलमाथि पार्दिए भने त्यसले के प्रभाव पार्ला ?

सरकारको आधिकारिक निकायको छापमा नक्सा भएपछि त्यो आधिकारिक नक्साका रुपमा रहन जान्छ । यसले कालान्तरमा नेपालको भूगोललाई संकुचनमा पार्ने गम्भिर आधार खडा गरिदिन्छ । तसर्थ प्रतीक चिन्हमा नेपालको नक्सा राख्ने काम निकै त्रुटिपूर्ण र अव्यवहारिक छ । नक्साको प्रयोगमा समेत सचेतता अपनाउनु जरुरी छ ।

नेपालको नक्सालाई जसरी पायो त्यसरी र जहाँ पायो त्यहाँ प्रयोग गर्दा त्यसले देशको सिमानाको एकरुपता नआउने र पछि त्यसको दुरुपयोग हुने निश्चित छ । 
नेपालको नक्साको पहिलो दुरुपयोग नेपालको निशाना छापबाट सुरु भएको छ । नक्सा आफैमा देशको प्रतीकको रुपमा समेत रहेकाले बढी संवेदनशील हुन्छ । यसलाई निशाना छापमा प्रयोग गरेर सरकारले पहिलो दुरुपयोग गरेको छ ।

निशाना छाप छाप्ने वा बनाउने सरकारको एकै ठाउँ छैन । नेपाल तथा विदेशमा समेत यसलाई छाप्ने या छाप बनाउने गरिन्छ । हेर्दा सामान्य लाग्ने यो विषय देश र सिमानाका लागि निकै गम्भिर त्रुटिपूर्ण छ । कथंकदाचित यो छाप बाह्य मुलुकमा बनाउन दिइयो भने र त्यसमा नक्सा बिगारेर राखियो भने त्यसले भोलिका दिनमा अपठ्यारो पार्ला ?


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर