• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

मार्ग एकाउन्टिङ सफ्टवेयर नेपालमा 

काठमाडौं । लेखा प्रणाली व्यवस्थित गर्नका लागि नेपालमा अन्तर्राष्ट्रिय स्तरको सफ्टवेयर आएको छ । भारतीय कम्पनी कम्पुसफ्टद्वारा निर्मित मार्ग एकाउन्टिङ सफ्टवेयर आजदेखि नेपाली प्रयोगकर्ताहरुका माझमा आएको हो ।

नेपाली कम्पनीहरु तपेश्वरी टेक सोलुसन प्रालि र नेपाल इ आर पी इन्टरप्राइजेज विरगंजले नेपाली बजारमा यो सफ्टवेयर भित्र्याएका हुन । 

यो सफ्टवेयरका  अन्तर्राष्ट्रिय बजारमा ९० लाख भन्दा बढि प्रयोगकर्ता रहेका छन् । साथै यसको ८ सय भन्दा बढि विक्रि केन्द्र रहेको नेपाल इ आर पी इन्टरप्राइजेज विरगंजका अध्यक्ष संजिव गुप्ताले जनकारी दिए ।

यो सफ्टवेयरले गहना खरिद बिक्रिको व्यवस्थापन, लेखा प्रणालीको वयवस्थापन, धितो कारोबारको व्यवस्थापन, बार कोर्डको विलिङ गर्न सकिने तथा डिजिटल वारेन्टीका साथै डिजिटल ग्राहक कार्ड प्रयोग गर्न सकिने छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर