• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

गहिरा कुरा 

परिवार, समाज राष्ट्र अनि सिङ्गै मानवजातिको भविष्य बोकेका विद्यार्थी, विद्यार्थी बनेर प्रस्तुत हुन कोसिस गर्छन् अनि त अभिभावकको इच्छा पनि पूरा हुन्छ, लगानीको सदुपयोग हुन्छ, परिश्रम परिणममा पुग्छ, समाजले अनुकरण गर्छ, राष्ट्रले असल नागारिक पाउँछ, मान्छे, साँच्चै सोचेजस्तो खोजेजस्तो हामी सबैले परिकल्पनामा संगाले जस्तो आखाँमा राखे पनि नबिझाउने चरित्र बन्छ, आफ्नो प्रयासमा सफल हुन्छ ।

१. शिक्षा भनेपछि मान्छे हुरुक्क हुन्छ, मरिमेट्छ । शिक्षित हुने कोसिस गर्छ, हिजो गर्यो, आज गर्दैछ, भोलिपर्सि पनि गरिरहने पक्कापक्की छ । विज्ञानले यति ठुलोे चमत्कार थपेर भौतिक सुख दियो, मान्छेलाई पुगेको छैन । अझै अरू-अरू स्वाद लिने, सुविधा उपयोग गर्ने मनभरि रहर पालेर मान्छे पढ्न खोज्दै छ, बल गरेर पढ्दै छ, पढ्ने—पढाउने काममा अभिभावक, शिक्ष्।क, राज्य अझ भनौँ विश्वसमुदाय नै समर्पित छ । ठुलोे लगानी र गम्भीर चिन्तन शिक्षामै खर्च हुने गरेको छ । यतिमात्रै पनि होइन, मान्छेको कलकलाउँदो एकतिहाइ जीवन पढाइकै लागि खर्च हुन्छ, मनवचनकर्मले पढाइमा लागि पर्छ, ज्ञान, सिप र अनुशासन आर्जनमा दत्तचित्त हुन्छ, उज्यालो भविष्य र सुखद क्षणको परिकल्पनामा । विश्वजनीन सत्य पनि यही हो ।

२. प्रत्येक अभिभावक सन्तान शिक्षित बनाउने प्रयत्न गर्छन् । पेटमा पटुका कस्छन्, पसिना बगाउँछन् । आफूलाई औषधी किन्दैनन् तर छोरीछोराका लागि शैक्षिक सामग्री किनिदिन्छन्, शुल्क बुझाइदिन्छन्, पढाइ कस्तो छ कुन्नि भनेर अध्यापक, प्राध्यापकसित विनम्रता पूर्वक जिज्ञासा राख्छन् । आफूले पढ्ने अवसर पाएनन् तर सन्तान शिक्षित अनि योग्य भएको हेर्ने निस्वार्थ परिकल्पना संगालेर हिजोदेखि रमाउँदै आएका अभिभावक आज झन् बढी हँसमुख छन् । 

३. प्रत्येक शिक्षक आ-आफ्ना विद्यार्थी शिक्षित होऊन् भन्ने चाहन्छन् । प्रयास गर्छन्, सल्लाह दिन्छन्, उपाय बताउँछन्, रिसाउँछन्, कराउँछन्, व्यवहार कडा पार्ने चेष्टा गर्छन्, पुनरावृत्ति गराउँछन्, लिखित, मौखिक अभ्यासमा लगाउँछन्, प्रशासन, अभिभावकको साहरा लिन्छन्, उदाहराणहरु पेस गर्छन्, सकेसम्म आफूबाट योग्य नागरिक उत्पादन हुन सकोस् भन्ने जिम्मेवारीबोध गर्दै आफ्नो प्र्रयत्नप्रति विश्वस्त रहन सकिने वातावरण बनाउन बल गर्दै आएको परम्परा छ शिक्षकहरुसित ।

आफूलाई भविष्यको डाक्टर, इन्जिनियर, सिए, शिक्षक, प्राध्यापक, कर्मचारी, व्यावसायी, राजनीतिज्ञ, लेखक, आविष्कारक जस्ता उच्च स्थानहरूमा उभ्याउने रहर पूरा गर्न आत्मविश्वास बढाउँदै लैजान्छन् । विद्यार्थीको तपस्या भनेकै पढाइ हो भन्ने पुख्र्योैली भनाइ पत्याउँछन् । कर्म गर्ने विद्यार्थीको धर्म निर्वाहमा अनुशासित र इमानदार देखिन्छन् ।

४. प्रत्येक अधिकृति आफूमातहतका कर्मचारी श्रमशील, इमानदार, कर्तव्यनिव्ठ बनून् भन्ने चाहन्छन् । आवश्यक अनि उपयोगी निर्देशन दिन्छन्, योजना बनाउँछन्, तालिम दिन्छन् । समयमा अनुगमन गर्छन् ,जनमुखी सेवा प्रदान गर्न लागिपर्छन् । पेसागत धर्म निर्वाह गर्दै राष्ट्रभक्ति कायम राख्न बल गर्छन्, प्रेरित भइरहन्छन् । राष्ट्रले असल सेवक पाउँछ, जनतामा सेवा पुग्छ, काम गरेर माम खाने मानवीय धर्म निर्वाह हुन्छ, सभ्य समाज निर्माणमा टेवा पुग्छ, राष्ट्रले समाजको आवश्यकता र समयको मागअनुसार परिवर्तन हुने अवसर पाउँछ । विकासे योजनामा गति थपिन्छ । 

५. प्रत्येक किसान उत्पादन बढाउन चाहन्छन्, खेतबारीमा पुग्छन्, खनजोत गर्छन्, मलजल थप्छन्, दिनरातको परिश्रमले उत्पादन बढाएर आ-आफ्ना रहर पूरा गर्छन्, अरूलाई सहयोग पु¥याउँछन्, नयाँ र धेरै उत्पादनका निम्ति नयाँ प्रविधिको खोजीनिती गर्छन्, जिज्ञासु बन्छन् । प्रशस्त उत्पादन पाएर खुसी हुने परिकल्पनामा हराइरहन्छन् । बर्सैपिच्छेको लहलहाउँदो खेतीमै जीवन मुस्कुराउँछ, उनीहरू सफलताको आनन्द पाउँछन् । शिक्षित किसानले पाउने परिणाम यस्तै हुन्छ । 

६. राजनीतिज्ञ जनसेवामा अगाडि पर्न चाहन्छन्, देश भ्रमण गर्छन्, थरीथरी मान्छे भेट्छन्, छलफलमा सहभागी हुन्छन्, गाँउठाउँको उन्नति प्रगातिका लागि समर्पित हुन्छन् । सदैव जनताको मन जित्ने र सफल राजनीतिज्ञका रूपमा आफूलाई स्थापित गर्ने चेष्टामा हुन्छन् । नयाँ नीति र योजनाका पक्षमा उभिन्छन्, पक्ष-विपक्षमा लाग्छन्, विरोध गर्छन्, समर्थनमा उभिन्छन्, भएन भने विद्रोह गर्छन्, उस्तै परे जेलनेल खेप्न पनि तयार हुन्छन् । आफ्नो सफल राजनीतिज्ञ बन्ने परिकल्पना छाड्दैन्न । सधैँ चुनाव भइरहने हो भने त जनताका सेवकझैँ उभिन पनि सक्छन्, छिनमै विसङ्गतिका भरिया अनि छिनमै नैतिक आदर्शपुरुष बनेर स्थापित हुन पछि पर्दैनन्, कस्ता चतुर हुन्छन् मोराहरू ! अझ पढेलेखेका शिक्षित राजनीति कर्मीको त कुरै नगरौं ।

सुन्दर फूलबारीका सुगन्धित फूलजस्तै मान्छे मुस्कुराउन पाउँछ । बुज्रुकहरू भन्छन् ‘मान्छेको साइनो शिक्षासित र शिक्षाको नाता मान्छेसित यस्तै हुन्छ, जेहेन्दार विद्यार्थीजस्तै ।’ पत्याउन चाहने, जान्ने, सक्ने र कोसिस गर्नेहरू उक्त व्याख्याका अनुयायी बन्छन्, पत्याउन नचाहनेहरू आ–आफ्नो जीवनको उत्तरार्धमा उकालोका भरियाझैँ ठसठसती कन्छन्, बुझ्नेलाई यो कुरा..!

७. विद्यार्थी पढ्न चाहन्छन्, साँच्चै शिक्षार्थी बनेर शिक्षित–दीक्षित अनि योग्य हुन चाहन्छन् । नियमित विद्यालय, महाविद्यालय, विश्वविद्यालय, धाउँछन्, साथी भाइसित छलफल गर्छन्, शिक्षक पछ्याउँछन्, पुस्तकालय प्रयोग गर्छन्, प्रयोगात्मक अभ्यासमा लाग्छन्, लिखित अभ्यास गर्छन्, मौखिक प्रयासमा हुन्छन्, ‘कसरी हुन्छ परीक्षामा मै प्रथम हुन पाए’ भन्ने परिकल्पनामा रमाएर परिश्रमलाई तीव्र पार्छन् । आफूलाई भविष्यको डाक्टर, इन्जिनियर, सिए, शिक्षक, प्राध्यापक, कर्मचारी, व्यावसायी, राजनीतिज्ञ, लेखक, आविष्कारक जस्ता उच्च स्थानहरूमा उभ्याउने रहर पूरा गर्न आत्मविश्वास बढाउँदै लैजान्छन् । विद्यार्थीको तपस्या भनेकै पढाइ हो भन्ने पुख्र्योैली भनाइ पत्याउँछन् । कर्म गर्ने विद्यार्थीको धर्म निर्वाहमा अनुशासित र इमानदार देखिन्छन् ।

परिवार, समाज राष्ट्र अनि सिङ्गै मानवजातिको भविष्य बोकेका विद्यार्थी, विद्यार्थी बनेर प्रस्तुत हुन कोसिस गर्छन् अनि त अभिभावकको इच्छा पनि पूरा हुन्छ, लगानीको सदुपयोग हुन्छ, परिश्रम परिणममा पुग्छ, समाजले अनुकरण गर्छ, राष्ट्रले असल नागारिक पाउँछ, मान्छे, साँच्चै सोचेजस्तो खोजेजस्तो हामी सबैले परिकल्पनामा संगाले जस्तो आखाँमा राखे पनि नबिझाउने चरित्र बन्छ, आफ्नो प्रयासमा सफल हुन्छ । समाजमा व्याप्त, छलकपट, होहल्ला, हत्या, हिंसा, चोरी, डकैती, धोकाधडी जस्ता राक्षसी प्रवृत्ति पाखा लाग्छन्, हराएर जान्छन् । सुन्दर फूलबारीका सुगन्धित फूलजस्तै मान्छे मुस्कुराउन पाउँछ । बुज्रुकहरू भन्छन् ‘मान्छेको साइनो शिक्षासित र शिक्षाको नाता मान्छेसित यस्तै हुन्छ, जेहेन्दार विद्यार्थीजस्तै ।’ पत्याउन चाहने, जान्ने, सक्ने र कोसिस गर्नेहरू उक्त व्याख्याका अनुयायी बन्छन्, पत्याउन नचाहनेहरू आ–आफ्नो जीवनको उत्तरार्धमा उकालोका भरियाझैँ ठसठसती कन्छन्, बुझ्नेलाई यो कुरा..!

८. शिक्षितहरूको इतिहास हुन्छ, इतिहास बनाउनेहरू शिक्षित हुन्छन् । वर्तमान सुन्दर बनाई भविष्यमा जनहृदय जितेर सामाजिक प्रतिष्ठा आर्जन गर्ने सपनावाहकहरू नेै राष्ट्रका कर्णधार अनि परिवारका नक्षत्र हुन् जो भविष्यमा चमकने छन् । आजलाई माया गरेर असल बनाउने परिश्रमी हात, उत्साही खुट्टा, इमानदार आत्मविश्वासले गामबेंसीका भञ्ज्याङ चौतारी सजाउने सिपयुक्त सत्प्रयास अँगाल्नेहरू नै अर्थपूर्ण जीवन बुझ्ने र बाँच्नेहरूको अभिन्न मित्र हो शिक्षा । पूर्वजप्रति आस्था र विश्वास जगाएर सन्तानको साइनो सुरक्षित राख्ने स्रोत शिक्षा नै हो । यस्तै सदिच्छापूर्ण प्रेरणा सम्प्रेषण गरिरहने सजीव स्रोत पनि यही हो । मानवको नहराउने गहना मानवता शिक्षामै अन्तर्निहित रहन्छ । आज यसकै बलबुतामा विश्वसमुदायले पृथ्वीमाथि विजय गरेर अन्तरिक्ष यात्रा थालेको छ ।  यसैले मान्छे शिक्षा भनेपछि हुरुक्क हुन्छ, अरू सबै थोक बिर्सेर शिक्षाकै पछि लाग्छ । प्राप्त आजको चहलपहलयुक्त जीवनशैली शिक्षाकै देन त हो नि । यस्तो सिङ्गै जीवनलाई छर्लङ्गै देखाउने आँखारुपी शिक्षा नपछ्याउने होला र कतै कोही ? ‘अस्तु’
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर