गायक राज चाम्लिङको मार्मिक गीत ‘म रुँदैछु परदेशमा’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । गायक तथा निर्देंशक राज चाम्लिङको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘म रुँदैछु विरानो परदेशमा’ बोलको गीतको म्युजिक भिडियो ‘सङ्ग्स नेपाल’ले आफ्नो युट्युव च्यानलमार्फत सार्वजनिक गरेको हो ।

गायक राईकै शब्द संगीत र भियियो निर्देशन समेत रहेको गीतमा गायिका करुणा राईले साथ दिएकी छिन् । परदेशिन बाध्य श्रीमानले गाउँमा रहेकी श्रीिमतीलाई सम्झना गरेको भाव बोकेको यस गीतको भिडियोमा देबेन्द्र नेम्बाङ, दिपिका लिङ्देन र विष्णु लावतीको अभिनय रहेको छ ।

लाकुरी भञ्ज्याङ लगायत काठमाडौँ उपत्यकाको विभिन्न रमणीय स्थलहरुमा छायाँङ्कन गरिएको गायक राईले जानकारी दिए ।

भिडियोको छायाँकन तथा सम्पादन देवजंग थापाले गरेका हुन् भने ड्रोनमा मेघराज मगरातीले साथ दिएका छन् । ग्रेस रेकर्डिङ स्डुडियोमा रेकर्ड गरिएको यस गीतमा जोनी योञ्जनको एरेञ्ज रहेको छ । 

म्युजिक भिडियो हेर्नुहोस्ः 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर