कंगना रनाउटको पक्षमा उत्रिए ऋतिक रोशन !

एजेन्सी । हलिउडबाट सुरु भएको ‘मि टु’ अभियान अन्ततः बलिउडमा प्रवेश भइसकेको छ, जसमा बलिउडका ठूला र पुराना कलाकारको नाम अगाडी आइरहेको छ । अभिनेत्री तनुश्री दत्ताले चर्चित अभिनेता नाना पाटेकरमाथि यौन उत्पिडन गरेको आरोप लगाएसँगै भारतमा ‘मि टु’ अभियान सुरु भएको छ ।

यसै सूचिमा छ, फिल्म ‘क्विन’का निर्देशक विकास बहलको नाम, जसमाथि आफ्नै एक महिला सहकर्मीले यौन शोषणको आरोप लगाएकी थिइन् । यसमा ‘क्विन’की मुख्य अभिनेत्री कंगना रनाउटले पनि यी महिलालाई साथ दिँदै निर्देशक विकास बहलद्धारा गलत तरिकाबाट व्यवहार गरिएको आरोप लगाएकी छिन् । 

यसैबीच अभिनेता ऋतिक रोशनले पनि विकास बहलविरुद्ध कडा कदम उठाउनु पर्ने माग गरेका छन् । ऋतिकले यस्ता घिनलाग्दो अपराधको आरोप लागेका कुनै पनि व्यक्तिसँग काम गर्न नसक्ने समेत बताएका छन् । 

केही समयदेखि एक–अर्कालाई दुश्मन मान्दै आएका विवादित जोडी ऋतिक र कंगना यस मुद्दामा एकसाथ देखिएका छन् । ऋतिकले आफ्नो आगामी फिल्म ‘सुपर ३०’का निर्देशकसमेत रहेका विकास बहलविरुद्ध यस्तो गम्भिर प्रतिक्रिया दिएका छन् । 

केही दिनअघि देखि देश बाहिर रहेकाले यस मुद्दाको पुरै जानकारी नभए पनि फिल्मका यस्ता प्रोड्युर, निर्देशकमाथि कडा निगरानी राख्नुपर्ने ऋतिकले बताएका छन् । उनले साक्षीको आधारमा कुनै पनि अपराधी विरुद्ध कडाभन्दा कडा अपिल हुनु पर्ने र पीडितलाई आफ्नो आवाज उठाउनका लागि अझ बढी हौँसला दिनुपर्ने बताएका छन् । 

विकास बहल सदस्य रहेको निर्देशकको प्रोडक्सन संस्था ‘फ्यान्टम फिल्म्स’लाई शनिबार नै बन्द गरिएको छ, यस कम्पनीले विकासमाथि महिला कर्मचारीले लगाएको यौन आरोपलाई लिएर कुनै पनि प्रतिक्रिया नदिएपछि बन्द गरिएको बताइएको छ । 

हालै अभिनेत्री कंगना रनाउटले सन् २०१४ मा फिल्म ‘क्विन’को सुटिङका क्रममा निर्देशक विकास बहलले आफूलाई थुप्रै पटक असहज महशुस गराएको बताएकी थिइन् । ‘विकास बहल विवाहित हुँदाहुँदै आफू नयाँ–नयाँ युवतीसँग यौन सम्बन्ध बनाउने गरेको शेखी गर्थे’ उनले भनिन्, ‘भेट(घाटका दौरान अंकमाल गर्दा गर्धनमा आफ्नो अनुहार राखेर कस्सिएर पकड्थे र कपाल सुघ्थे ।’  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर