• आइतबार ७-४-२०७५/Sunday 10-21-2018/ 07:21 am

हनुमानढोकाको दशैँघरमा जमरा राखियो ( फोटो फिचर )

काठमाडौं । नेपालीहरुको महान चाड विजयादशमीको पहिलो दिन आज घटनस्थापना । घरघरमा जमरा राखेर दुर्गाभवानीको पूजा आराधना सुरु गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ ।

यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दशैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । आजैदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आवाहन गरी पूजा आरम्भ हुन्छ ।


आज बिहानै नृत्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि जौ रोप्ने गरिन्छ । यसलाई जमरा राख्ने पनि भनिन्छ ।

जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यो रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ । यसैबीच काठमाडौंको हनुमानढोका दरबारमा रहेको दशैँघरमा पनि वैदिक विधिअनुसार आज जमरा राखि दुर्गा भवानीको पूजा आराधना गरिएको छ । सो क्रममा नेपाली गुरुजु पल्टनले बाजागजा बजाउँदै तोप पड्काएको थियो ।

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

दशैँ नमनाउने खोकनाबासी यसरी रमाए सिकाली जात्रामा (फोटो फिचर)

  • २९ असोज, २०७५

ललितपुर । दशैँको स्वागत गर्न अधिकांश नेपालीहरु व्यस्त छन् । तर ललितपुरको खोकनाका बासिन्दा भने सिकाली जात्रामा रमाइरहेका छन् । दसैंको घटस्थापनादेखि

चंगाको रौनकतामा रम्दै बालबालिका (फोटोफिचर)

  • २७ असोज, २०७५

काठमाडौं । दसैँ लागेसँगै साना बालबालिकामा छुट्टै रौनकता छाएको छ । उनीहरुले घरको छत या डाँडाबाट चंगा उडाएर रमाउने गर्छन् ।  पहिले पहिले गाउँघरमा

बजारमा दशैँ किन्नेको भिड (फोटो फिचर )

  • २६ असोज, २०७५

काठमाडौं । दशैँको रौनक सुरु भइसकेको छ । दशैँका लागि नयाँ नोट साट्ने देखि नयाँ लुगा किन्ने, खसी किन्ने अनि नयाँ नयाँ सामान किन्नेको अहिले साना ठूला सबै