• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

नेपालबाट बंगालादेशले ५ सय र भारतले १५ सय मेगावाट विजुली किन्ने : मन्त्री पुन

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले सरकारले १० बर्षमा १५ हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य राखेको बताएका छन् ।

 क्यानेडियन प्रतिनीधीमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका सांसद ब्रेड ट्रोस्टसंग बुधवार भएको भेटमा उनले यस्तो धारणा राखे ।  भेटमा मन्त्री पुनले देशभित्रै १० बर्षमा १० हजार मेगावट विजुली आवश्यक रहेको भन्दै त्यसका लागी सरकार क्षेत्रीय बजारको निर्माणमा लागिरहेको बताए । 

उनले नेपालमा लगानीको वातावरण बनेको भन्दै त्यसका लागी क्यानेडियन लगानीकर्तालाई प्रेरित गरिदिन सांसद ट्रोस्टलाई आग्रह समेत गरे । मन्त्री पुनले भने, ‘उर्जा मन्त्रालयले ५ बर्षमा पाच हजार र १० बर्षमा १५ हजार मेगावाट विजुली उत्पादन गर्ने निकै महत्वकांक्षी लक्ष्य राखेको छ, त्यसका लागी काम समेत तिव्र रुपमा अघि बढिरहेको छ, हामीले यो लक्ष्य पुरा गर्न वैदेशिक लगानीको समेत आवश्यकता छ ।’ 

उनले आगामी बर्षमा ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माण सम्पन्न हुने भन्दै त्यसपछि उर्जामा नेपाल आत्मनिर्भर बन्ने जानकारी समेत दिएका थिए । मन्त्री पुनले भारतसंग यसअघि नै उर्जा सहकार्यमा हस्ताक्षर भइसकेको र यही बर्षमात्र चीन र वङगलादेशसंग पनि उक्त समझदारीमा हस्ताक्षर भएको बताए ।

 उनले बंगालादेशले नेपालबाट ५ सय मेगावाट र भारतले १५ सय मेगावाट विजुली नेपालबाट किन्ने जानकारी समेत भेटमा दिए ।  भेटमा मन्त्री पुनले नेपाल र क्यानडाबीच निकै पुरानो सम्बन्ध रहेको भन्दै आगामी दिनमा समेत दुई देशको सम्बन्ध मजवुत बन्ने विश्वास व्यक्त गरे । मन्त्री पुनले नेपालमा क्यानडाको राजदूतावास खोल्न समेत भेटमा आग्रह गरे ।

उनले नेपालको प्रजातान्त्रिक प्रक्रिया र शान्ती प्रक्रियामा क्यानडाले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुका साथै आगामी दिनमा समेत नेपालको विकासमा क्यानडाले निरन्तर सहयोग पुर्याउने विश्वास व्यक्त गरे । उनले दुई देशको बीचमा केही समयअघी दुवै देशका प्रधानमन्त्रीको उपस्थितीमा निर्माण भएको द्धिपक्षीय परामर्श संयन्त्रले आगामी दिनमा दुवै देशबीच सम्बन्ध र सहकार्य अझ प्रगाढ हुने धारणा राखे ।

भेटमा सांसद ट्रोस्टले नेपालको जलविधुत क्षेत्रमा लगानीका सम्भावनाहरुबारे मन्त्री पुनसंग छलफल गरेका थिए । निजी क्षेत्रका प्रतिनिधीमण्डललाई लिएर आएका सांसद ट्रोस्टले जलासययुक्त आयोजना निर्माणबारे समेत चासो राखे । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर