• आइतबार ७-४-२०७५/Sunday 10-21-2018/ 07:23 am

अपराध नियन्त्रण गर्न प्रहरीको व्यवहारमा सुधार हुनुपर्ने

हेटौँडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रहरीको आचरण व्यवहारमा सुधार गरी जनताको शान्तिसुरक्षा र समाजमा बढ्दै गएको अपराध नियन्त्रण गर्न अझै बढी जिम्मेवार बनाउनुपर्ने बताएका छन् । 

मुख्यमन्त्री पौडेलले प्रदेश ३ प्रहरी कार्यालय हेटौँडाले ६३ औँ प्रहरी दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा प्रहरीको प्रशासकीय क्षमता अभिवृद्धि गरी जनतालाई गुणस्तरीय सेवा प्रदान गर्न प्रदेश सरकारले आवश्यक बजेट र प्रदेश प्रहरी कानूनको तर्जुमा गर्न गृहकार्य गरिरहेको बताए । 

उनले प्रचलित ऐन कानूनबमोजिम प्रहरी जनशक्तिले अनुसन्धान गरी कार्वाही प्रक्रिया अगाडि बढाउन आग्रह गरे । आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले प्रहरीले जनतालाई शान्तिसुरक्षा प्रदान गर्न, विपत्मा उद्धार कार्यमा तीव्रता ल्याउन, प्रहरीको क्षमता अभिवृद्धि गर्न र अपराधलाई वैज्ञानिक प्रवृत्तिबाट अनुसन्धान गरेर कानूनी कार्वाहीको दायरामा ल्याउन प्रदेश सरकारले प्रभावकारी कार्यक्रम ल्याउन लागेको बताए । 

उनले प्रहरी र नागरिकबीच सहकार्य गरी एकआपसमा विश्वासको वातावरण तयार गर्न आवश्यक रहेको छ भन्दै प्रहरीले कुनै दल वा कुनै समूहको प्रभावमा नपरी आफ्नो जिम्मेवारीलाई निष्पक्ष र जनमुखी बनाउनुपर्ने विचार व्यक्त गरे । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

८ महिने शिशु हत्याको अभियुक्त पक्राउ

  • ३ कार्तिक, २०७५

इटहरी । महोत्तरी औराही–१ को ८ महीने शिशुको अपहरण गरी यौन दुव्र्यवहारसहित हत्या गरी फरार रहेका एक अभियुक्तलाई शनिबार सुनसरीबाट पक्राउ गरेको छ

पेस्तोल र लागुऔषधसहित दुई युवक पक्राउ

  • ३ कार्तिक, २०७५

लहान । प्रहरीले नलकटुवा पेस्तोलसहित शनिबार सिरहाको मिर्चैयाबाट एक युवकलाई पक्राउ गरेको छ ।  पक्राउपर्नेमा मिर्चैया नगरपालिका–१० पिपराका २०

टाटासुमो दुर्घटना हुँदा दुईको मृत्यु, ७ घाइते

  • ३ कार्तिक, २०७५

रामेछाप । रामेछाप नगरपालिका–२ खरानेपाखामा शनिबार साँझ टाटासुमो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना गम्भीर घाइते भएका छन्