• आइतबार ७-४-२०७५/Sunday 10-21-2018/ 07:25 am

सर्वेक्षण : स्वास्थ्य संस्थामा मृत्यु दर बढी

काठमाडौं । पछिल्ला समय मातृ तथा नवजात शिशुको मृत्यु दर घरमा भन्दा स्वास्थ्य संस्थामा बढी हुने गरेको तथ्य सार्वजनिक भएको छ । 

गर्भवती भएपछि स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराउने एवम् स्वास्थ्य संस्थामा सुत्केरी हुने दरवृद्धिसँगै घरमा भन्दा स्वास्थ्य संस्थामा मातृ तथा नवजात शिशुको मृत्यु हुने दर बढेको देखिएको हो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा मातृ तथा नवजात शिशु स्वास्थ्यसम्बन्धी बिहिबार आयोजित कार्यक्रममा स्वास्थ्य संस्थामा कति मातृ तथा नवजात शिशुको मृत्यु हुन्छ भन्ने यकिन जानकारी सार्वजानिक गरिएन । 

सन् २०१६ को स्वास्थ्य सर्वेक्षणअनुसार शिशु मृत्युदर (प्रतिहजार जीवित जन्ममा) र नवजात शिशु मृत्युदर (प्रतिहजार जीवित जन्ममा) क्रमशः ३३ र २३ झरेको छ । पाँच वर्षमुनिका बाल मृत्युदर ९प्रतिहजार जीवित जन्ममा ३८ तथा मातृ मृत्युदर (प्रतिलाख जीवित जन्ममा) २५८ मा झरेको छ । तर परिवार नियोजनको दर करीब ५० प्रतिशतको हाराहारीमा उक्लेको छ । कूल प्रजनन दर (१५ –४९ वर्षका उमेर समूहका महिलाको) दुई दशमलब तीन रहेको छ । सन् २०२१ सम्ममा संस्थागत सुत्केरी गराउनेको सङ्ख्या ८० प्रतिशतमा पु¥याउने अति महत्वाकाङ्क्षी कार्यक्रममा सार्वजानिक गरेको छ । 

हाल संस्थागत सुत्केरी गराउनेको सङ्ख्या ६० प्रतिशत छ । सोही अवधिमा मातृ मृत्युदर प्रतिलाख जीवित जन्ममा १२५ मा झार्ने लक्ष्य राखेको छ । मन्त्रालयका अनुसार स्वास्थ्य संस्थामा सेवा लिन जाने महिलामध्ये नौ महिनासम्म सेवा लिनेको सङ्ख्या पनि ६० प्रतिशतभन्दा माथि उक्लिन सकेको छैन । स्वास्थ्य सचिव पुष्पा चौधरीले स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको सङ्ख्या बढाउन आमा सुरक्षा कार्यक्रमलाई मन्त्रालयले उच्च प्राथमिता दिएको जानकारी दिए । 

मन्त्रालयमा प्रमुख विशेषज्ञ डा सुशीलनाथ प्याकुरेलले मातृ मृत्युदरको मुख्य कारक तत्वका रुपमा रहेको बालविवाहलाई रोक्न विशेष ध्यान दिनुपर्छ भने । परिवार स्वास्थ्य महाशाखाका प्रमुख डा आरपी विच्छाले सुत्केरी भएपछि पनि रक्तस्राव, उच्चरक्तचापका कारणले हुने आमाका मृत्यु र जन्मिसकेपछि हुने नवजात शिशुको मृत्यु रोक्न महाशाखाले अस्पताल, उपकरण र औषधि व्यवस्थापनमा ध्यान दिएको जानकारी दिए । 

हाल सरकारले आमा सुरक्षा कार्यक्रमलाई सबै जिल्लामा विस्तार गरी प्रजनन स्वास्थ्यलाई निःशुल्कसमेत बनाएको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

मानसिक स्वास्थ्य समस्याका कारण आत्महत्या बढ्दै 

  • २९ असोज, २०७५

काठमाडौं । पछिल्लो समय युवायुवती तथा बालबालिकामा मानसिक स्वास्थ्य समस्या बढी देखिन थालेको छ ।  सात बालबालिकामध्ये एक तथा युवायुवतीमा पाँचमध्ये

बाजुरामा पनि कालाजारका बिरामी फेला 

  • २८ असोज, २०७५

हिमाल जोशी / धनगढी । तराईका जिल्लामा देखिने कालाजार रोग बाजुरामा पनि देखा परेको छ । बाजुराको उत्तरी क्षेत्रका स्थानीय तहमा कालाजारका बिरामी भेटिएको

निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • २८ असोज, २०७५

मुसिकोट । एकदिने निःशुल्क स्वास्थ्य शिविरमा २ सय ३७ जनाले स्वास्थ्य चेकजाँच गराएका छन् । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले आयोजना गरेको शिविरबाट