• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

पोखरामा ४ वर्षीय बालिकालाई बलात्कार प्रयास गर्ने २५ वर्षीय युवक पक्राउ

पोखरा । पोखराको याम्दीमा ४ वर्षीयाबालिकालाई बलात्कारको प्रयास गर्ने एक युवकलाई प्रहरीले विहिवार पक्राउ गरेको छ । पक्राउ पर्नेमा याम्दीकै २५ वर्षीय सुजन श्रेष्ठ हुन् ।

घट्ना मंगलवारको हो । श्रेष्ठले ललाई फकाई एकान्तमा लगेर बालिकालाई अस्वभाविक क्रियाकलाप गरेको पिडित बालिकाले गएराति मात्र आमालाई बताएपछि घट्ना बाहिर आएको हो ।

युवकले बुधवार पनि बालिकालाई फकाउने प्रयास गरेका थिए तर बालिकाको आमाले थाहा पाएपछि बालिकालाई उक्त युवकसँग जानबाट रोकेकी थिईन् । त्यसपछि मात्र बालिकाले आमालाई श्रेष्ठले गरेको अस्वभाविक क्रियाकलापकोे बारेमा बताएपछि घट्ना बाहिरिएको हो ।

त्यसपछि स्थानिय मधुकर पराजुलीले प्रहरीलाई खवर गरेपछि विहिवार सुजन श्रेष्ठ पक्राउ परेका हुन् । उनी अहिले प्रहरी नियन्त्रणमा छन् भने बलात्कारको प्रयास गरेको कुरा अभियुक्तले स्वीकार गरिसकेको छ ।

बलात्कार गरेको हो या बलात्कारको प्रयास गरेको हो बालिकाको स्वास्थ्य परिक्षण गरेपछि मात्र भन्न सकिने प्रहरीले बताएको स्थानिय मधुकर पराजुलीले  जानकारी दिए ।

पिडित बालिकाका परिवार लामो समयदेखि याम्दीमा भाडामा बस्दै आएका छन् भने आरोपी युवक त्यहाँकै स्थानिय हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर