• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

बस र मोटरसाईकल ठोकिदा दुईकोे मृत्यु 

 
हिमाल जोशी/धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ वनखेत नजिकै बिहिवार बस र मोटरसाईकल एकआपसमा ठोक्कीदा मोटरसाईकलमा सवार २ जनाको मृत्यु भएको छ ।

क्षेत्रीय ट्राफिक कार्यालय अत्तरीयाका अनुसार दुर्घटनामा मृत्यु हुनेमा गोदावरी नगरपालिका वडा नम्बर ६ का २८ वर्षिया हेमन्त साँउद र अर्का एक २६ वर्षका विक्रम खड्का रहेका छन् । 

टीकापुरबाट अत्तरीया तर्फ आउदै गरेको ना ५ ख ८०४९ नम्बरको बस  र विपरीत दिशा बाट गुडीरहेको से ५ प ७५३६ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्कीदा उनीहरुको ज्यान गएको प्रहरीले जनाएको छ । 

उनीहरुलाई पदमा अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि भारतको बरेली लैजादै गर्दा बिच वाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ  । 

दुवै जनाको शव पोष्टमार्टमका लागी सेती अञ्चल अस्पताल लगिएको छ । बस र बस चालकलाई ईलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर