• आइतबार ७-४-२०७५/Sunday 10-21-2018/ 07:51 am

सप्तरीमा ‘ग्याङ् फाइट’मा एक युवकको मृत्यु

राजविराज । राजविराज–१ मा ‘ग्याङ् फाइट’मा परी घाइते भएका एक युवकको उपचारका क्रममा बिहिबार मृत्यु भएको छ । 

सप्तरी सदरमुकाम राजविराज–१ मा गत मङ्गलबार दुई समूहबीच झडप भएको थियो । सो झडपका क्रममा गम्भीर घाइते भएका राजविराज–१ का भन्नालाल यादवका २१ वर्षीय छोरा प्रेमको ग्याङ् फाइटमा परी मृत्यु भएको पीडित परिवारले जनाएको छ । 

गाउँमै ग्याङ् फाइटमा परेका प्रेमको टाउकोमाथि काठको चिर्पटले प्रहार गरिएकाले रक्तश्राव बढी भएका कारण उनलाई तत्कालै उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा लगिएको र उपचारकै क्रममा उनको मृत्य भएको पीडितका बुबा भन्नालालले बताए । 

मृतकका पारिवारिक स्रोतका अनुसार १२÷१३ जनाको समूहले प्रेममाथि एक्कासी आक्रमण गरेको र सो आक्रमणमा परी उनी घाइते भएपछि तत्कालै विराटनगर लगेर टाउकोमा ५२ टाँका लगाई उपचार थालिएको थियो । 

यसैबीच प्रेमको शवसहित मृतकका परिवार, आफन्त तथा गाउँलेहरुले आज दिउँसो राजविराजमा प्रदर्शन गरेका छन् । प्रेमको शव विराटनगरबाट ल्याएर हत्यारालाई अविलम्ब पक्राउ गरी कारवाहीको माग गर्दै प्रदर्शन गरिएको हो । 

राजविराजस्थित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय अगाडि प्रेमको शवसहित प्रदर्शन गरिएको प्रर्दशनमा सहभागी रेमन्त यादवले बताए । प्रदर्शन गर्दै उनको शवलाई नगर परिक्रमासमेत गरिएको थियो । 

प्रदर्शनका क्रममा हत्यामा संलग्नहुनेको नाम ब्यानरमै किटान गरी अविलम्ब पक्राउ गर्न माग गरिएको छ । 

यसैबीच प्रेमको पुरानै रिसइबीका कारण हत्या भएको बताउँदै हत्यामा संग्लन ब्यक्तिको तीब्ररुपमा खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए । साथै घटनाबारे अनुसन्धानसमेत भइरहेको उनले बताए । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

८ महिने शिशु हत्याको अभियुक्त पक्राउ

  • ३ कार्तिक, २०७५

इटहरी । महोत्तरी औराही–१ को ८ महीने शिशुको अपहरण गरी यौन दुव्र्यवहारसहित हत्या गरी फरार रहेका एक अभियुक्तलाई शनिबार सुनसरीबाट पक्राउ गरेको छ

पेस्तोल र लागुऔषधसहित दुई युवक पक्राउ

  • ३ कार्तिक, २०७५

लहान । प्रहरीले नलकटुवा पेस्तोलसहित शनिबार सिरहाको मिर्चैयाबाट एक युवकलाई पक्राउ गरेको छ ।  पक्राउपर्नेमा मिर्चैया नगरपालिका–१० पिपराका २०

टाटासुमो दुर्घटना हुँदा दुईको मृत्यु, ७ घाइते

  • ३ कार्तिक, २०७५

रामेछाप । रामेछाप नगरपालिका–२ खरानेपाखामा शनिबार साँझ टाटासुमो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना गम्भीर घाइते भएका छन्