• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

टी–ट्वेन्टी विश्वकप छनौटः नेपालले सिंगापुरसँग खेल्दै

काठमाडौं । टी–ट्वेन्टी विश्वकप एसिया उपक्षेत्रीय छनोट प्रतियोगितामा नेपालले शुक्रबार समूह चरणको अन्तिम खेलमा सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ । प्रतियोगितामा दुबै टोली अहिलेसम्म अपराजित छन् । दुबै टोली अपराजित यात्रा कायमै राख्दै प्रतियोगिता टुंगाउने दाउमा छन् । 

नेपाल र सिंगापुरबीचको खेल नेपाली समय अनुसार अपरानह सवा १२ बजे सुरु हुनेछ । 

नेपाल र सिंगापुरको समान १० अंक भए पनि रनरेटका आधारमा नेपाल शीर्ष स्थानमा छ । दोस्रो स्थानमा सिंगापुर छ ।

प्रतियोगिताको शिर्ष तीन स्थानमा रहने टोली अर्को चरण प्रवेश गर्नेछन् । त्यसो त नेपाल र सिंगापुर यसअघिनै अर्को चरण पुगिसकेका छन् । तर दुबै टोली च्याम्पियनका रुपमा अर्को चरण पुग्ने लक्ष्यका साथ आज मैदान उत्रिनेछन् । 

तेस्रो स्थानका लागि मलेसिया र थाईल्याण्डकाबीचमा प्रतिस्पर्धा हुनेछ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर