पोखरामा कहाँ बन्दैछ नयाँ ओद्योगिक क्षेत्र ?  

पोखरा । पोखरा महानगरपालिका क्षेत्रभित्र नयाँ औद्योगिक क्षेत्र निर्माणका लागि छलफल सुरु भएको छ । विहिबार बसेको कार्यापालिका बैठकबाट औद्योगिक ग्राम स्थापनाका लागि सम्भाब्यता अध्ययन गर्ने निर्णय गरिएको हो ।

नेपाल औद्योगिक विकास ब्यवस्थापन लिमिटेडलाई सम्भाब्यताको लागि सैद्धान्तिक सहमति दिईएको मेयर मानबहादुर जिसीले जानकारी दिए । ‘अध्ययन गर्नका लागि सैद्धान्तिक सहमति दिएको हो । उनीहरु काम गर्न आतुर छन्, जिसीले भने–यसअघि पनि पटकपटक ठाउँ हेरिसकेका छन् । केही महिनाभित्रै डिपिआर बनिसक्छ ।’

उनका अनुसार पोखरा ३३ भरतपोखरीको करिब १ हजार ६ सय रोपनी जग्गाभित्र औद्योगिक क्षेत्र निर्माणको तयारी गरिएको हो । ‘१ हजार रोपनी जति सरकारी जग्गा छ । केही जग्गा ब्यक्तिले हडपेर राखेका छन्, उनले भने–सबै जग्गालाई एक ठाउँमा ल्याउने र नपुगेको जमिन मुआब्जा दिएर अधिग्रहण गर्छौं । एउटा नमुनायुक्त औद्योगिक क्षेत्र बनाउने तयारी हो ।’

औद्योगिक क्षेत्रका लागि कोत्रेतर्फबाट सडक लैजाने योजना छ । ४ लेनको सडक लगेर भरतपोखरी हुँदै सिद्धार्थ राजमार्ग जोड्न सके शहरको यातायात ब्यवस्थापन पनि सहज हुने जिसी बताउँछन् । ‘औद्योगिक क्षेत्र भनेको एकान्तमा नै बनाउने हो । शहरी क्षेत्रमा राख्दा बढी प्रदुषण हुन्छ, उनी भन्छन्–४ लेनको सडक बनाएर भरतपोखरी हुँदै छोरेपाटन जोड्ने र लुम्बिनी जाने गाडी त्यतैबाट डाईभर्ट गर्न सकिन्छ । एउटै योजनाले दुईवटा मुख्य काम सल्टाउन सकिन्छ भन्ने हाम्रो सोचाई छ ।’

हरेक स्थानीय तहमा एउटा औद्योगिक ग्राम निर्माण गर्ने गण्डकी प्रदेश सरकारको नीति छ । सोही नीतिका आधारमा पोखराले पनि जग्गाको अध्ययन गर्न लागेको हो । प्रदेशभित्रका आधाभन्दा बढी स्थानीय तहले औद्योगिक क्षेत्र निर्माणका लागि जग्गा खोजेर प्रदेश सरकारलाई सिफारिस गरिसकेका छन् । सरकारले औद्योगिक ग्राम निर्माणमा पूर्ण सहयोग गर्नेछ भने केही काम चाहीँ स्थानीय सरकारसँगको सहकार्यमा हुनेछ ।

२०३१ सालमा पोखराको अमरसिंहचोक नजिकै १ सय ४ रोपनी क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापना गरिएको थियो । हाल यहाँ १ सय हाराहारीमा उद्योगहरु सञ्चालित छन् । पछिल्लो समय शहरी क्षेत्र बढ्दै गएपछि औद्योगिक क्षेत्रको विकल्प खोजिएको हा
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर