• आइतबार ७-४-२०७५/Sunday 10-21-2018/ 08:00 am

पोखरा प्रिमियर लिग (पिपिएल) टि–२० का लागि प्यारापिट बनाउन सुरु

पोखरा । यहि कात्तिक ९ देखि २० गते सम्म क्विइन्स इभेन्ट मेनेजमेन्ट प्रालीको आयोजनामा पोखराको क्रिकेट रंगशालामा  हुने पोखरा प्रिमियर लिग (पिपिएल) टि–२० क्रिकेट प्रतियोगिताका लागि अहिले अस्थायी प्यारापिट निर्माण शुरु भएको छ ।

करिब ४ हजार ५ सय दर्शक क्षमताका लागि पोखराको एक निजी संस्थाले प्यारापिट बनाउन लागेको हो । रंगशालाको मुख्य काम मध्येको एक प्यारापिट र शौचालयको पनि राम्रो प्रबन्ध गरिएको आयोजक संस्थाका प्रबन्ध निर्देशक छुम्बी लामाले बताएका छन । 

करिब तिन महिना अघि बाट क्रिकेट पिचको निर्माण शुरु गरेको आयोजक संस्थाले रंगशालालाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउन भरमग्दुर प्रयास गर्दैछ । करिब ६ हजार दर्शकले पिपिएलको अबलोकन गर्न सक्ने प्रबन्ध निर्देशक छुम्बीले बताएका छन । यसैगरी मैदानको बाहिरी भागलाई पनि सफाइ गरेर सुन्दर बनाउने प्रयास गरिएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

रियल मड्रिडको लगातार चौथो हार, लेभान्टेसँगपनि पराजित  

  • ४ कार्तिक, २०७५

एजेन्सी । रियल मड्रिड स्पेनिस ला लिगाको पछिल्लो खेलमा फेरी पराजित भएको छ । शनिबार राती रियल लेभान्टेसँग २–१ ले हारेको हो । पछिल्लो पाँच खेलमा उसको यो

सेभिया विरुद्धको खेलमा घाइते भए मेसी, एल क्लासिको गुमाउने

  • ४ कार्तिक, २०७५

एजेन्सी । बार्सिलोनाका स्टार लियोनल मेसीले च्याम्पियन्स लिग अन्तर्गत एल क्लासिको अन्तर्गतको खेल गुमाउने भएका छन् । शनिबार राती सेभियासँगको खेलका

'मानसिक रोगीहरुले मेसीको क्षमता बुझ्दैनन्'

  • ३ कार्तिक, २०७५

एजेन्सी । मारियो केम्पेस अर्जेन्टिनाका लिजेन्ड फुटबलर । सन १९७८ ताकाका फुटबल हिरो हुन् । पछिल्लो एक अन्र्तबार्तामा उनलाई अर्जेन्टाईन स्टार लियोनल