• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

‘हाम्रो कर्णाली हामी आफैँ बनाउँछौं’ : नेता शर्मा 

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्माले कर्णालीबासीको क्षमता र अधिकार प्रयोग गरेर उत्कृष्ट कर्णाली प्रदेश बनाउन सकिने बताएका छन् ।

प्रदेश सरकार र विज्ञ समूहबीचको चौथो बैठकका लागि सुर्खेत पुगेका शर्माले विजयादशमीको अवसरमा सुर्खेतको वीरेन्द्रनगरमा पत्रकार सम्मेलनमा उनले कर्णाली सरकारको आवश्यक संरचना र जनशक्ति अभाव भएकाले सरकारका काम अलपत्र अवस्थामा रहेको भन्दै केन्द्रबाट कर्मचारी आएनन भनेर बाटो हेरर बस्ने अवस्था नभएको बताए । 

कतिपय कर्मचारीले संघियता विरोधी काम गरिरहेको र अझै पनि केन्द्रीकृत प्रणालीको शैलीबाट काम गरीरहेको शर्माको भनाई छ । उनले कर्णाली प्रदेशको विकासका लागि केन्द्रको मुख ताक्न नहुनेमा जोड दिए । ‘हाम्रो कर्णाली हामी आफैँ बनाउँछौँ’, उनले भने, ‘यसका लागि कर्णाली बासी सबैले योगदान र्पुयाउनु पर्दछ।’

कर्णली सरकारले गठन गरेको विज्ञ समूहले प्रक्रिया मिलाएर कर्मचारी भर्ना गर्न सुझाव दिएको छ । नेकपाका स्थायी समिति सदस्य तथा कर्णाली प्रदेश सरकारको विज्ञ समूहका संयोजक जनार्दन शर्माले विज्ञ समूहको दुई दिन बसेको बैठकले उक्त सुझाव दिएको हो ।

कर्णाली विज्ञ समूहको बैठकले सरकारको आवश्यकतामा मद्दत गर्ने, प्रदेशको सरकारको संरचना निर्माणमा सहयोग र्पुयाउने, कर्णाली विकासको ५ वर्षीय, १५ वर्षीय र ५० वर्षीय रणनीति तथा व्यवस्थित योजना निर्माण गर्ने निर्णय गरेको शर्माले जानकारी दिए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर