• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

टी–ट्वान्टी विश्वकप छनौट :  सन्दिपले बनाए किर्तीमान

नेपालले पायो ८२ रनको लक्ष्य

काठमाडौं । मलेसियामा जारी आइसीसी टी–ट्वान्टी एशिया उपक्षेत्रीय छनोट अन्तर्गत अन्तिम खेलमा सिंगापुरले नेपाललाई ८२ रनको लक्ष्य दिएको छ । 

टस जितेर पहिले ब्याटिङको निम्तो पाएको सिंगापुर १७ ओभर ३ बलमा ८१ रनमा अलआउट भयो । सिंगापुर विरुद्ध नेपालले सुरुवात देखि नै दबाव सिर्जना गर्यो । सिंगापुरको स्कोर चार रन हुदा पहिलो विकेट झरेको थियो । त्यसपछि १५ रनमा दोस्रो विकेट खेर फालेको सिंगापुरले ३२ रनमा तेस्रो विकेट गुमायो ।

बर्षाका कारण केहिबेर रोकिएको खेलमा बलर सामु सिंगापुर पुरै दबावमा रहदा त्यसको फाइदा नेपाललाई भयो । उसका दुई खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा ६० रन बनाउदा चार विकेट गुमाएको सिंगापुरले ७७ रन बनाउँदा ८ विकेट खेर फाल्यो । नेपालकालागि सन्दिप लामिछाने र सोमपाल कामीले दुई/ दुई विकेट लिए भने ललित राजवंशी र करण केसीले एक/ एक विकेट लिए ।

सन्दिप लामिछानेले २ विकेट लिएसँगै बसन्त रेग्मी र विनोद दाशको एकै प्रतियोगितामा धरै विकेट लिने रेकर्ड तोडेका छन । उमेर समुहमा एकै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालबाट सर्वाधिक विकेट लिने रेकर्ड सन्दिप लामिछानेको नाममा रहेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर