• आइतबार ७-४-२०७५/Sunday 10-21-2018/ 07:51 am

सस्तोमा तरकारी बेच्न बाध्य किसान

लमही । उत्पादन भएको तरकारीले बजार नपाउँदा लमहीका किसान चिन्तित छन् । तरकारीले उचित बजार र मूल्य नपाउँदा उत्पादन भएका तरकारी सस्तोमा बेच्न उनीहरू बाध्य छन् । 

अहिले तीतेकरेला प्रतिकिलो रु पाँचदेखि १०, काँक्रा प्रतिकिलो १० रुपैयाँदेखि १५, लौका प्रतिकिलो ५ रुपैयाँदेखि १०, बोडी प्रतिकिलो १५ रुपैयाँदेखि २०मा बेच्नु परेको लमही नगरपालिका–७ घुम्नाकी गौरी कुमालले बताए । 

सस्तोमा तरकारी बेच्दा उत्पादनमा लाग्ने खर्च पनि नउठ्ने उनको भनाइ थियो । ‘हामीले धेरै परीश्रम गरी तरकारी उत्पादन गरेका हुन्छौ’ कृषक कुमालले भने, ‘तर सस्तो मूल्यमा तरकारी बेच्दा उत्पादन गर्न लाग्ने खर्च पनि उठ्दैन ।’ 

त्यही तरकारी बेच्न बजारभर डुलाउनुपर्ने सोही ठाउँ निवासी अञ्जना चौधरीले बताए । तरकारी भण्डारण गर्ने तथा जिल्ला बाहिर ढुवानी गर्ने व्यवस्था नहुँदा अहिले त्यस क्षेत्रका सबै किसान मारमा परेका छन् । यो याममा लमहीमा हजारौं टन तरकारी उत्पादन हुने गर्छ । तर त्यो तरकारीले उचित बजार र मूल्य नपाउँदा किसान मारमा पर्नेगरेका हुन् । 

तरकारी व्यवसायी खुशीराम चौधरीले भने, ‘हाम्रो तरकारीले बजार मूल्य नपाउने भएकाले बिचौलियाले घरमै आएर न्यून मूल्यमा तरकारी लिएर महँगोमा बेच्ने गरेका छन् ।’

तरकारी उत्पादनका लागि बीउ खरिद गर्न, सिँचाइ गर्न, तरकारीलाई गोडमेल गर्दा निकै दुःख खेप्नुपर्ने र उत्पादन गरिसकेपछि पनि बजार नपाउँदा आफूहरु दुखी भएको उनको भनाइ थियो । लमही क्षेत्रमा राम्रो तरकारी उत्पादन हुने भएकाले उत्पादन भएको तरकारीलाई भण्डारण र बजारीकरण गर्न स्थानीय सरकारले पहल गर्नुपर्नेमा व्यवसायी चौधरीले जोड दिए । 

यहाँ उत्पादित तरकारीलाई भण्डारण र बजारीकरण गर्न कानून बनाएर अघि बढ्ने लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले बताए । लमही तरकारीका लागि पकेट क्षेत्र भएकाले कृषिबाटै लमही नगरपालिकालाई समृद्ध बनाउन सकिने हुँदा त्यसका लागि शीत भण्डार र बाहिरी जिल्लामा ढुवानीको व्यवस्था गर्न कानून बनाएर अघि बढ्ने उहाँको भनाइ थियो । 

लमहीमा सामूहिक रुपमा पनि तरकारीखेती हुँदै आएको छ । त्यहाँका नागरिक तरकारी खेतीमै निर्भर छन् । सिँचाइको सहज सुविधा भएकाले पनि त्यहाँ राम्रो तरकारी उत्पादन हुनेगर्छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

एउटै वडाबाट १० लाख रुपैयाँको बन्दा निर्यात

  • ३ कार्तिक, २०७५

बैतडी । तरकारीका लागि पकेट क्षेत्रका रुपमा परिचित बैतडीको दशरथचन्द नगरपालिका–१ बाट र १० लाख रुपैयाँ बढीको बन्दा निकासी भएको छ ।  दुई महिनाको

सस्तियो भेडा च्याङग्राको मुल्य 

  • १ कार्तिक, २०७५

पोखरा । पोखरामा दसैं पर्वलाई लक्षित गरी भित्र्याइएका भेडा च्याङग्राको मुल्य ३० देखि ५० प्रतिशत सम्म सस्तिएको छ । भेडा च्याङग्रा महङगो भएको भन्दै धेरै

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकलाई प्रवेश शुल्क बढ्यो, अब नेपाली पनि शुल्क

  • १ कार्तिक, २०७५

पोखरा । सरकारले अन्नपूर्ण संरक्षण क्षेत्र जाने विदेशी पर्यटकलाई प्रवेश शुल्क बढेकोमा पोखरा पर्यटन व्यवसायीले विरोध गरेका छन् ।  पोखरा पर्यटन