• आइतबार ७-४-२०७५/Sunday 10-21-2018/ 07:48 am

कारबाहीमा ४ तालिवान कमाण्डरसहित ३० को मृत्यु

फराह । गत हप्ता अफगानिस्तानको फराह प्रान्तको विभिन्न भागमा विदेशी सैन्य बलले गरेको हवाई कारवाहीमा परी चार तालिबान कमाण्डर मारिएका छन् । 

फराह प्रान्तका गभर्नर अब्दुल बासिर सलाङ्गीले खाक सफिद जिल्लामा भएको हवाई कारवाहीमा परी तालिबान कमाण्डर मुल्लाह बारी जानको मृत्यु भएको पुष्टि गरेका छन् । 

मुल्लाहले कम्तीमा तीन सय हत्या र आक्रमण गरेका टोलो समाचार समितिले जानकारी दिएको छ । मुल्लाहबाहेक मुल्लाह हान्जाला, मुल्लाह मुख्लिस् र मुल्लाह अब्दुल सलिम नाम गरेका तालिबान कमाण्डरहरु मारिएका सलाङ्गीले बताएका छन् ।

गत हप्ता फराह प्रान्तको विभिन्न भागमा भएको हवाई कारवाहीमा परी कम्तीमा ३० आतङ्ककारी मारिएका पनि उनले थप जानकारी दिएका छन् । तर तालिबान आतङ्ककारी समूहले भने आफ्ना सदस्य मारिएको समाचारको खण्डन गरेका छन् । तालिबान सङ्गठनले आफ्ना सदस्य नमारिएको बताएको छ ।

साथै कान्दाहार प्रान्तको मरिफ जिल्लामा भएको एक हवाई कारवाहीका क्रममा चारजना सर्वसाधारणको पनि मृत्यु भएको बताइएको छ । यस आक्रमणका क्रममा अन्य आठ घाइते भएका पनि बताइएको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

अफगानिस्तानमा आज संसदीय चुनाव, चुनाव अघि मारिए १० उम्मेदवार 

  • ३ कार्तिक, २०७५

एजेन्सी । अफगानिस्तानमा शनिबार संसदीय चुनाव हुँदैछ । तालिवानको खतराका बीच भारी सुरक्षामा अफगानी नागरिक मतदानका लागि निस्किँदैछन् । संसद तल्लो

भिडमाथी रेल गुड्यो, ६० जनाको मृत्यु 

  • ३ कार्तिक, २०७५

एजेन्सी । भारतको पन्जाव प्रान्तको अमृतसरमा रेलले मानिसहरुको भिडलाई किच्दा ६० जना भन्दा धेरैको मृत्यु भएको छ । एक सय भन्दा धेरै घाइते भएका छन् ।

भूकम्पले बनाएको ताल वरपरका ६ हजारको उद्धार

  • २ कार्तिक, २०७५

ल्हसा । भूकम्पपछि बनेको ताल फुट्ने खतरा बढेको भन्दै चीनको स्वाशासित क्षेत्र तिब्बतको यार्लूङ्ग चान्गो नदी वरपरका करिब छ हजार नागरिकको उद्धार गरिएको