• आइतबार ७-४-२०७५/Sunday 10-21-2018/ 07:51 am

जापानी प्रधानमन्त्रीको चीन भ्रमण

बेइजिङ । जापानका प्रधानमन्त्री सिन्जे आबे यही महिनाको अन्त्य तिर चीन जाने भएका छन् । औपचारिक भ्रमणका लागि उनी यही अक्टोबर २५ देखि २७ तारिखसम्म चीन जान लागेको समाचारमा जनाइएको छ । 

चिनियाँ प्रधानमन्त्री लि क्वाङको निमन्त्रणामा जापानी प्रधानमन्त्री आबे चीन भ्रमणमा आउन लागेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले शुक्रबार जानकारी दिए । 

दुई पक्षको आपसी सम्बन्धमा थप सुधार गर्न, विश्वासको वातावरण बढाउन, विविध पक्षमा सहकार्य गर्न र आदान प्रदान गर्न आबेको भ्रमण फलदायी हुने चिनियाँ पक्षको विश्वास छ । 

जापानका प्रधानमन्त्रीले सात वर्षपछि चीनको भ्रमण गर्न लाग्नु भएकाले यसलाई महत्वका साथ हेरिएको पनि प्रवक्ता काङले बताए । 

चीन र जापानका बीचमा शान्ति तथा मित्रतासम्बन्धी सम्झौता भएको ४०औँ वर्ष पूरा भएको वर्ष भएकाले पनि यो भ्रमण महत्वपूर्ण रहेको उनको भनाई छ । लुका अनुसार भ्रमणका क्रममा आबेले चिनियाँ उच्च अधिकारीहरुसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ । 

भेटका क्रममा उनीहरुले दुई देशको आपसी सम्बन्ध र सहकार्य बाहेक अन्तर्राष्ट्रिय विविध विषयका बारेमा पनि छलफल गर्ने बताइएको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

अफगानिस्तानमा आज संसदीय चुनाव, चुनाव अघि मारिए १० उम्मेदवार 

  • ३ कार्तिक, २०७५

एजेन्सी । अफगानिस्तानमा शनिबार संसदीय चुनाव हुँदैछ । तालिवानको खतराका बीच भारी सुरक्षामा अफगानी नागरिक मतदानका लागि निस्किँदैछन् । संसद तल्लो

भिडमाथी रेल गुड्यो, ६० जनाको मृत्यु 

  • ३ कार्तिक, २०७५

एजेन्सी । भारतको पन्जाव प्रान्तको अमृतसरमा रेलले मानिसहरुको भिडलाई किच्दा ६० जना भन्दा धेरैको मृत्यु भएको छ । एक सय भन्दा धेरै घाइते भएका छन् ।

भूकम्पले बनाएको ताल वरपरका ६ हजारको उद्धार

  • २ कार्तिक, २०७५

ल्हसा । भूकम्पपछि बनेको ताल फुट्ने खतरा बढेको भन्दै चीनको स्वाशासित क्षेत्र तिब्बतको यार्लूङ्ग चान्गो नदी वरपरका करिब छ हजार नागरिकको उद्धार गरिएको