• बिहीबार ७-२९-२०७५/Thursday 11-15-2018/ 02:03 pm

फेसबुकमा फेरी गडबढी, ३ करोड प्रयोकर्ताको विवरण चोरी

सानफ्रान्सिस्को । विश्वकै सबैभन्दा चर्चित सामाजिक सञ्जाल कम्पनी फेसबुकले आफ्ना करिब २ करोड ९० लाख प्रयोगकर्ताको व्यक्तिगत विवरणमा ह्याकरको पहुँच रहेको जनाएको छ । 

फेसबुकले यसअघि साइबर आक्रमणका कारण ५ करोड प्रयोगकर्ताका एकाउन्टमा प्रभाव परेको जनाएको थियो । ‘अहिले हामीले के थाहा पाएका छौं भने सोचिएभन्दा केही कम व्यक्तिलाई असर परेको छ,’ फेसबुकका उपाध्यक्ष गाए रोसेनले बताए । 

पहिचान अझै नखुलेका केही व्यक्ति (ह्याकर)ले करिब एक करोड ५० लाख फेसबुक प्रयोगकर्ताको नाम, फोन नम्बर र इमेल ठेगाना चोरेको उनले जानकारी दिए । 

अरु एक करोड ४० लाख प्रयोगकर्ताका विवरण पनि जोखिममा रहेका छन् । 

फेसबुकले साइबर आक्रमणकारीले प्रयोगकर्ताका अरु विवरणहरु जस्तै लिङ्ग, धर्म, गृहनगर, जन्ममिति र स्थान तथा हालै भ्रमण गरेका ठाउँ पनि सङ्कलन गरेको जनाएको छ । 

यस आक्रमणबाट फेसबुकले सञ्चालन गरेका मेसेन्जर, मेसेन्जर किड्ज, इन्स्टाग्राम, ह्वाट्सएप, ओक्युलस, वर्कप्लेस, पेजेज, पेमेन्टमा असर नगरेको कम्पनीले बताएको छ । 

क्यालिफोर्नियास्थित फेसबुक कम्पनीले यस घटनाका सम्बन्धमा अमेरिकी सङ्घीय जाँच ब्यूरो (एफबीआई), अमेरिकी सङ्घीय व्यापार आयोग, आइरिस डाटा प्रोटेक्सन कमिसन तथा अरु निकायसँग छलफल थालेको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

यसरी अझ स्मार्ट बन्दैछ स्मार्टफोन 

  • २८ कार्तिक, २०७५

रब लिभर/वासिङ्टन । एक दशकसम्म विश्वकै सबैभन्दा बढी बिक्रीको रेकर्ड बनाएको स्मार्टफोनको ठाउँमा अब नयाँ कुन उपभोग्य वस्तु आउला ? यसको उत्तर सजिलो छैन, तर

आज राति मृगशिरा उल्का वर्षा हुने

  • ४ कार्तिक, २०७५

काठमाडौं । हेलीको पुच्छ«ेताराका कारण हुने मृगशिरा उल्का वर्षा आज(आइतबार) राति १०ः४५ बजेदेखि सोमबार बिहान ५ः४५ बजेसम्म देखिने भएको छ ।  उल्का

'बिल गेट्स फाउन्डेसन'ले विशेष प्रकारको ‘कण्डम’ उत्पादन गर्ने

  • ४ कार्तिक, २०७५

बोस्टन । माइक्रोसफ्टका संस्थापक बिल गेट्सको फाउन्डेसनले अब एक विशेष प्रकारको कण्डम उत्पादन गर्ने भएको छ । यस विशेष कण्डमले यौन सम्पर्कका दौरान