प्रदेश प्रहरी ऐन बहुमतबाट पास

जनकपुरधाम । प्रतिपक्षी दलको विरोधका बावजुद प्रदेश दुईको प्रदेशसभाले प्रदेश प्रहरी ऐन पास गरेको छ । 

प्रदेश सरकारले ल्याएको प्रदेश प्रहरी ऐन शनिबार बसेको प्रदेशसभाले बहुमतले पास गरेको हो । आफ्नै प्रशासन नभएका कारण कार्य सम्पादन राम्ररी गर्न नसकेको प्रदेशका मुख्यमन्त्री मन्त्रीहरुले बताईरहेको समयमा प्रतीपक्षी दलहरुले विरोध गरेपनि बहुमतले यो ऐन स्वीकृत भएको हो ।

प्रदेश प्रहरी ऐन पारित गराउन कांग्रेस, राजपा र संघीय समाजवादी फोरम नेपालका सांसदहरुले सहमति जनाएका थिए । प्रदेश दुईमा रहेका १०७ जना सांसदमध्ये ७५ जना सांसदले ऐनको पक्षमा मत दिएकाछन् ।

नेकपाका प्रदेशसभा सदस्यहरुले विरोध गरिरहँदा संघिय समाजवादी फोरम नेपालका सचेतक शैलेन्द्र कुमार यादवले नियम निलम्वन सम्बन्धि प्रस्ताव पेश गरेका थिए भने राष्ट्रिय जनता पार्टी नेपालका सचेतक परमेश्वर साहले प्रस्तावको समर्थन गरेका थिए । 

नेकपाका प्रदेशसभा सदस्य सुन्दरबहादुर विश्वकर्माले प्रदेश सरकारले यो ऐन बहुमतको दम्भमा ऐन पारित गराएको आरोप लगाएका छन् । प्रदेशसभाले पारित भएका १३ वटा विधेयक सर्वसम्मतले पारित भएको बताउँदै उनले सत्तापक्षले हैकमवादी प्रवृति देखाएको बताए । 

प्रदेश प्रहरी ऐनको बिरोधमा नेकपाको विरोध नरहेको उनको भनाई थियो । तर ऐनमा रहेको सैद्धान्तिक त्रुटीलाई नसच्याई अगाडी बढ्नु गलत रहेको बताए ।

अर्का प्रदेशसभा सदस्य दिलीप कुमार साहले प्रदेश प्रहरी ऐन त्रुटीपूर्ण रहेको दावी गरे । उनले संविधानको मर्म विपरित यो ऐन आएकोले आफूहरुलाई स्वीकार्य नरहेको बताए । केन्द्र सरकारको समन्वय बिना यो ऐन आएकोले आफूहरुको विमति रहेको बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर