चाउचाउको प्रलोभनमा पर्दा गयो बालिकाको ज्यान

नेहा झा / जनकपुरधाम । अहिले देशैभरी बलात्कारका घटनामा बृद्धि हुँदै गई रहेको छ । बलात्कार बिरुद्ध सरकारले विभिन्न उपायहरु अवलम्बन गरेपनि यस्ता महिला हिंसा, बलात्कार लगायतका घटनाहरु निरुत्साहित हुनुको साटो दिनानु दिन बढ्दै गई रहेको छ ।

धनुषामा पनि १० वर्षीया अबोध बालिका बलात्कृत भएकी छिन् । यती मात्र नभई बालिकालाई बलात्कार गरी हत्या समेत गरिएको छ । बलात्कार गरी हत्या गर्ने आरोपमा धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक समेत गरेको छ । धनुषाको औरही गाउँपालिका वडा नम्वर २ को देउरी परवाहकी १० वर्षीया बालिका मनिका यादवलाई बलात्कारपछि हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । 

पक्राउ पर्नेहरुमा औरही गाउँपालिका वडा नम्वर २ का ३२ वर्षीय विनोद मुखिया र २३ वर्षीय नथुनी पण्डित रहेका छन् । पक्राउ पर्ने दुबै जनाले जिल्ला प्रहरी धनुषामा आयोजना गरिएको पत्रकार सम्मेलनमा आफ्नो गल्ती स्वीकार गरेका छन् । 

चाउचाउको प्रलोभन दिई गरियो बलात्कार

गत आश्विन २६ गते बेलुकी संगै रक्सी खाएका विनोद र नथुनीले बलात्कार गर्ने योजना बनाए । रक्सीको नशामा रहेका दुबै जनाले गाउँमै लागेको दशैँ मेलामा कम उमेरका केही बालिकाहरुलाई फकाउने प्रयास गरे ।  अन्ततः नथुनीको घर नजिकैकी बालिका मनितालाई चाउचाउ खानका लागि १० रुपैयाँ दिने प्रलोभन दिएपछि उनीहरुसंगै जानका लागि तयार भइन । 

आश्विन २६ गते राति ९ बजे तिर औरही गाउँपालिका वडा नम्बर २ देउरी परवाहामै रहेको एउटा झारीमा लगी दुवै जनाले बालिकाको मुख छोपी पालैपालो बलात्कार गरे । आरोपीहरुका अनुसार बलात्कार गर्ने क्रममै मनिताको मृत्यु भएको थियो । बालिकाको मृत्यु भएपछि बालिकालाई झारी उनीहरुले फालेका थिए । बालिका मृत्यु भए नभएको जाँच गर्नका लागि दुबैजनाले फेरी झारीमा गएर बालिकाको शवलाई घोप्टो पारी माटोमा पुरेका थिए । 

यसरी समातिए आरोपी
गत शुक्रवार राति ९ बजेबाट हराएकी बालिकाको खोज तलास गर्ने क्रममा सोही गाउँकै श्रीराम साहको धानबारी खेतमा हत्या गरेर बालिकालाई फालेको अवस्थामा शनिवार दिउँसो १ बजे प्रहरीले शव बरामद गरेको थियो । यता बलात्कारका आरोपी नथुनी पण्डित गाउँलेले शंका गर्न सक्ने डरका कारण आफ्नो घरमै बसेका थिए । तर अर्का आरोपी विनोद मुखियालाई अत्याधिक डर लागेका कारण जनकपुर भागेर आए । 

प्रहरीले अनुसन्धानकै क्रममा विनोद गाउँमा नरहेको चाल पाएपछि उनको घरका सदस्यहरुलाई साथमै लिएर अनुसन्धान अगाडी बढायो । घरकै सदस्यहरुको मोबाइलबाट फोन गर्न लगाएर प्रहरीले विनोदलाई जनकपुरधाम उपमहानगरपालिका भ्रमरपुरा चोकबाट समात्न सफल भयो ।

विनोदसंगको सोधपुछकै आधारमा नथुनीलाई समेत पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए । प्रहरी उपरीक्षक थपलियाले जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दा उनीहरुमाथि लगाइएको बताए ।  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर