• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

बाजुरामा पनि कालाजारका बिरामी फेला 

हिमाल जोशी / धनगढी । तराईका जिल्लामा देखिने कालाजार रोग बाजुरामा पनि देखा परेको छ । बाजुराको उत्तरी क्षेत्रका स्थानीय तहमा कालाजारका बिरामी भेटिएको स्वास्थ्य संस्थाले जनाएका छन् । 

कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा.सत्य शाहीका अनुसार कालाजार बाट ७ महिना पहिला एकजना बालिकाको मृत्यु समेत भैसकेको छ  । ७ महिना पहिला स्वामीकार्तिक गाँउपालिका ५ जेरा बस्ने १३ बर्षिय भाग्य शाहीको उपचारका क्रममा काठमाडौको कान्ति बालअस्पतालमा मृत्यु भएको हो । 

साउन यता पनि कालाजारका दुई जना बिरामी भेटिएको र तिनलाई उपचारका लागि नेपालगञ्ज रिफर गरेको डा. सत्य शाहीले वताए । स्वामिकार्तिक गाउँपालिका ५ जेरा बस्ने ११ बर्षिय कञ्चना शाही र स्वामिकार्तिक गाँउपालिका २ साप्पाटाकी ३ बर्षिय करिश्मा भण्डारीलाई यो रोग देखा परेर उपचारका लागि कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको थियो ।

प्रयोगशाला परिक्षण गर्दा कालाजार देखिएपछि भेरी अञ्चल अस्पताल नेपालगञ्ज रिफर गरेको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ । उनीहरुको नेपालगञ्जमा उपचार भइरहेको केन्द्रले जनाएको छ । यो क्षेत्रमा १ बर्ष पहिला मलेरिया रोग समेत देखा परेको थियो । अहिले फाटफुट रुपमा कालाजार देखा पर्दै आएको स्वास्थ्यकर्मीले बताएका छन् । 

बाजुराका बुढिन्नदा नगरपालिका, स्वामिकार्तिक, हिमाली र जगन्नाथ गाँउपालिका निकै जोखिम रहेको जिल्ला स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । यी स्थानिय तह निकै बिकट भएकाले कालाजार सम्बन्धि चेतना र नियन्त्रणका लागि पहल नगरे माहामारी फैलन सक्ने स्वास्थ्यकर्मीले बताएका छन् ।

 मलेरिया रोगका दैनिक दुई÷तिन जना बिरामी आउछन्, कालाजार फैलिए नियन्त्रण गर्न समस्या आउन सक्ने डा. सत्य शाहीले वताए । कालाजार रोग तराई जिल्लामा मात्र देखा पर्ने रोग हो । पछिल्लो समयमा पहाड तिर पनि देखा पर्न थालेको छ । यो रोग भुसुनाको टोकाइ बाट हुने र भुसुनाको टोकाइ बाट सर्ने रोग हो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर