• आइतबार ८-२-२०७५/Sunday 11-18-2018/ 10:36 pm

सस्तो मूल्यमा रिम्याक्स कम्पनीका सामान

पोखरा । हङकङको रिम्याक्स कम्पनीका उत्पादन पोखरामा बिक्री सुरु हुने भएको छ । यस क्षेत्रको आधिकारिक बिक्रेता काउब्रोस भेन्चर न्युरोड पोखराले रिम्याक्स ब्राण्डलाई पोखरा भित्रयाएको हो ।

रिम्याक्स सोरुमको एक कार्यक्रमका बीच कलाकारहरु सन्दीप क्षेत्री र पारामिता रानाले उद्घाटन गरिन् । रिम्याक्सको पोखरा शोरुम न्युरोडस्थित अरबिन्द कम्प्लेसमा राखिएको छ । युवा व्यवसायी सुजन जोशी र मनोज सिग्देलले रिम्याक्सको पोखरा शोरुम सञ्चालनमा ल्याएका हुन् । रिम्याक्सका ग्याजेट र एसोसरिजहरु बिक्री सुरु गरिएको सञ्चालक जोशीले जानकारी दिए ।

रिम्याक्सका प्रडक्टहरु ल्यापटप, स्पिकर, हेडफोन, हियरफोन, पावरबैंक, मोबाइल कभर, क्यामरा, डाटा केबल, युएसबी मल्टिप्लक, व्याग, पेनड्राइभ, मोबाइल चार्जर, माइक्रोफोन लगायतका प्रडक्टहरु लोकप्रिय छन् । रिम्याक्स हङकङको विश्वप्रशिद्ध कम्पनी हो । रिम्याक्सका प्रडक्टहरु ७० भन्दा बढी देशमा बिक्री भइरहेको छ ।

रिम्याक्सका सम्पूर्ण प्रडक्टहरु गुणस्तरीय छन,’ जोशीले भने, ‘वारेन्टीको व्यवस्था पनि छ ।’ सस्तो मूल्यमा उच्च क्वालिटीका प्रडक्टहरु नेपाली बजारमा भित्रिएकाले रिम्याक्सका सामानहरु प्रति उपभोक्ताको आकर्षण देखिएको कम्पनीको दावी छ । वारेन्टी भएका सामानहरु बिग्रिएमा सट्टामा नयाँ सामान उपलब्ध गराइने सञ्चालक सिग्देलले जानकारी दिए ।

 

रिम्याक्सका सामानहरुको शोरुम काठमाडौंको सिभिल मल, लविम मल र छाया कम्प्लेक्समा सुरु भइसकेको छ । काठमाडौं बाहिर पहिलो पटक पोखरामा शोरुम खोलिएको हो । नेपालमा बिगत एक वर्षदेखि बिक्री सुरुवात भएको रिम्याक्स ब्राण्डलाई देशभर विस्तार गर्न लागिएको छ । काठमाडौंमा रिम्याक्स ब्राण्डले उपभोक्ताको विश्वास जितेपछि देशभर शोरुम बिस्तार गर्ने अभियानमा अगाडि बढेको कम्प्पनीले जनाएको छ ।

रिम्याक्सका लागि नेपालको आधिकारिक बिक्रेता रिम्याक्स नेपाल हो ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रदेश ५ को स्थायी राजधानी र नामाकरणको विषय थप अन्योलमा

  • २ मङ्सिर, २०७५

बुटवल । प्रदेश पाचको नाम र स्थायी राजधानी तोक्ने विषयले महत्व नपाउदा यी विषयको टुंगो कहिले लाग्छ भन्ने अन्योलता थपिएको छ ।  नाम र स्थायी राजधानी

रुपाताल बाँध निर्माण परियोजना, मुआब्जा लिन स्थानीयको निवदेन

  • २ मङ्सिर, २०७५

कास्की । मुअब्जा रकममा पुर्नमूल्यांकन नभएपछि रुपाताल बाँध निर्माण क्षेत्रका प्रभावित स्थानीय बासिन्दाले तोके अनुसारकै मुआब्जा लिन लिखित निवदेन

पोखरामा बेलुनको व्यवसायिक उडान सुरु

  • २ मङ्सिर, २०७५

कास्की । पोखरा आउने पर्यटकले थप मनोरञ्जन पाउने भएका छन् । बेलुन नेपाल प्रालिले पोखरामा ‘हट एयर’ बेलुनमा उडेर पोखरा, फेवाताल र हिमालका मनोरम दृश्यको