‘छक्का पञ्जा ३’ समिक्षा : रमाइलाेसँग गम्भिर विषय उठान

काठमाडौं । फिल्म भनेको केवल रमाइलोको लागि हेर्ने समय बिताउने एउटा माध्यममात्र होइन । त्यसले हाम्रो समाजका केही सामाजिक तथा आर्थिक परिवेशलाई जोडेको हुनुपर्छ ।  नेपाली चलचित्रका कुरा गर्ने हो भने आजभोलि होडबाजीमा धेरै व्यापार गरेको देखाउन हल्ला बढी गर्ने गरिन्छ । यथार्थमा त्यस्तो नेपाली चलचित्रको व्यापार कति हुन्छ र नाफा कति हुन्छ त्यसको सही तथ्य बाहिर आउँदैन् । कतिपय चलचित्र भने दर्शकले मनपराएको देखिन्छ । 

बुधबारदेखि देशभरका हलमा चलचित्र ‘छक्का पन्जा ३’ प्रदर्शनमा आएको छ । दीपाश्री निरौलाले निर्देशन गरेको यो चलचित्र हाँस्य तथा सामाजिक विषयमा बनेको छ । हलमा प्रदर्शनमा आउनुअघि राम्रो व्यापार गर्ने आँकलन चलचित्र निर्माण टोलीले गरेको छ ।

दिपकराज गिरी र दीपाले बनाएका प्रायः चलचित्र हाँस्यप्रधान हुन्छन् । हाँस्य शृंखलामार्फत ठूलो पर्दामा हामफालेका दिपक र दीपाले पछिल्लो समय निर्माण गरेको ‘छक्का पञ्जा ३’ अघिल्ला चलचित्रभन्दा केही फरक बनेको छ । 

कमेडीका रुपमा आफ्नो छाप छोडेका उनीहरुको फिल्म छक्का पन्जा ३ हेर्न हलमा छिरेका अधिकांश दर्शकहरु सन्तुष्ट नै देखिएका छन् । फिल्मको कथा जति स्टो«ङ रुपमा आएको छ त्यो हिसाबमा पटकथा अलि कमजोर देखिएको छ । कथावस्तु, पटकथा, पात्र, खलपात्र, परिवेश सामान्यरुपमा नियाल्ने हो भने छक्का पन्जा २ को हिसावमा यो चलचित्र कथा र प्रस्तुतिका दृष्टिले बलियो नै देखिएको छ । 

गाउँको परिवेशमा हुनेखाने राजा र हुँदाखाने सोझा जनताको विषयलाई प्रस्तुत गरिएको छ । जसमा राजाले भनेका कुरा नमान्ने कमै मात्र पात्र उभाइएका छन् । स्कुलमा भएको एउटा राजनीति जमघटबाट कथा सुरु भएको छ ।

अभिनेता नीर शाह सरकारी स्कुलको अध्यक्ष रहेका छन् भने दिपक राजा उनको छोराका रुपमा रहेका छन् । जो आमा लक्ष्मी गिरीसँग बस्दै आएका छन् । शिवहरी पौड्याललाई एउटा कमजोर र सोझो प्रधानाध्यापकको चरित्रमा देखिएका छन् । बुद्धि तामाङ, जितु नेपाल, माग्नेबुढा (केदार घिमिरे) लगायतलाई शिक्षकको रुपमा देखाएको छ । माग्नेबुढा पाले र बिहेमा बाजा बजाउने पात्रको रुपमा देखाइएको छ । 

स्कुलका शिक्षक कोही जग्गा दलाल, कोही जुवातासमा लागेको देखाउनुले सबै सरकारी स्कुलको शिक्षक यस्तै हुन्छन् भनेर देखाउनुको साटो एउटा सही पात्रको रुपमा कोही शिक्षकको राम्रो भूमिकामा पनि देखाउन सकिन्थ्यो । दीपा भट्टीसाउनीको रुपमा देखिएकी छन्, जसको माग्नेबुढासँग प्रेमसम्बन्ध हुन्छ ।  

शिवहरीकी छोरीको रुपमा अभिनेत्री दीपिका प्रसाईं चलचित्रको मुख्य भूमिका निभाएकी छन् । उनी एउटा टेलिभिजनको समाचारवाचिका छन् । माग्नेबुढाको बहिनीलाई एउटा समाज परिर्वतन गर्न चाहने सशक्त आवाज भएको पात्रको रुपमा उभाएर स्कुलमा आएका मन्त्रीलाई प्रश्न गर्नसक्ने रुपमा देखाइएको छ । 

छक्का पन्जा ३ ले दिने सन्देश 
राजनीतिले हाम्रो देशका स्कुलमा कसरी जरा गाडेको छ भन्ने विषयलाई उधिन्न खोजेको छ । यो एउटा परिवारमा बसेर दसैँको रमाइलोसँगै हेर्न सक्ने फिल्मको रुपमा लिन सकिन्छ । राजनीति चलखेलमै भए पनि एउटा दलितको छोरीलाई मन्त्रीको अगाडि प्रतिप्रश्न गराउन सफल भएको देख्दा कोही पनि सही कुरामा कसैको अगाडि बोल्न डराउन हुँदैन भन्ने कुरा देखाएको छ ।

दीपिका र लक्ष्मी गिरी सासु बुहारीको भूमिका छन् । असल बुहारी भएमा सबैले साथ दिन्छन् भन्ने सन्देश चलचित्रले दिन खोजेको छ । बाउन भएर पनि रातामकैले दलितको हातबाट खाना खाएर जातभात केही होइन भन्ने सन्देश दिएको छ । 

यी विषय आवश्यक थिएन ?
सुहागरातको बेलामा दीपिकालाई बोल्ड देखाउनको लागि बेडमा चुरोट र बियरको साथमा देखाउन, स्वस्तिमा र बुद्धिको प्रेम देखाउनु र कथामा जोड्न खोज्नु, सरकारी विद्यालयमा र बोेडिङमा पढेको विद्यार्थीले केही सिकाएको कारण उसलाई ट्वाइलेटमा लगेर थुन्नु र सामूहिक बेइज्जत गर्नु र जवर्जस्ती दीपालाई माग्नेबुढासँग भाग्न विवश बनाएको दृश्य हँसाउन खोज्न पनि त्यति सान्दर्भिक छैन । स्वस्तिामालाई बिहेको लागि माग्न आएका केटाको परिवारलाई घर देखाउने बहानामा पूरै समय अलमलाएको अरुबाट नक्कल गरे जस्तो गर्न आवश्यक थिएन ।

शिक्षकको हुर्मत 
जितु (नेपाली शिक्षक) लाई एउटा व्यापारीसँग जोडिएको छ । उनलाई नेपाली शिक्षकलाई टा«फिक भनेर स्पेलिङ लेख्न नआउँदा विद्यार्थीले नै सिकाएको देख्दा उनलाई त्यो पात्र सुहाएको देखिदैंन । 

बुद्धि (शिक्षक) लाई एक दिन पनि स्कुलमा पढाएको देखिदैँन उनलाई तासमा र प्रेममा झुमिएको शिक्षकको रुपमा देखाएको छ । माग्नेबुढा (पाले) स्कुलको काम छाडेर बिहेको बाजा बजाउन मात्र गएको देख्दा र उनलाई दलितको अध्यक्षको रुपमा देखाए पनि छोरीले उठाएको आवाजमा साथ नदिएको देख्दा उनीलाई कमजोर देखाइएको छ । 

दीपा (भट्टीको साउनी) ले बनाएको फिल्ममा उनकै रोल सबैभन्दा सानो रहेको छ । एउटा हँसाउने कमजोर पात्रको रुपमा दीपालाई प्रस्तुत गरिएको छ । उनलाई ग्यामरस् देखाउन औधी मेकपको प्रयोग गरे पनि उनलाई सुहाएको छैन ।

दिपक (राजा) राजा भएर पनि उसले दीपिकासँग छोटो समयमै झुक्नुले उनको योपटक भूमिका एकदमै कमजोर रुपमा देखाएको छ । राजाले सोच्नुपर्ने कुनै सोच पनि दरिलो नभएको देख्दा उनलाई पनि राजाको भूमिका सान्दर्भिक देखिएको छैन ।

दीपिका (स्वाभिमानी छोरी र बुहारी) लाई एउटा बुलन्द आवाज उठाउने पात्रको रुपम देखाउन खोजेको भए पनि सानो कुरामा हार खाएर गाउँ छोडेर आफनो कामको अन्तिम निर्णयसम्म नपुग्दै छाडेको देख्दा जति नै शिक्षित र समस्यासँग लड्न सक्ने पात्रको रुपमा उभ्याए पनि उनी कमजोर नै देखिएकी छिन् । तर, एउटा फिल्ममा ग्यामरस् देखाउन भने उनको भूमिका चित्तबुझदो छ । 

के हुनपर्थ्यो ?
प्याकुलीलाई एउटा स्कुलमा पढाउने गर्भवती शिक्षिकाको रुपमा देखाए पनि उनले फिल्मभरि नै केवल हँसाउन मात्र प्रयोग गरेको देखिन्छ । किनभने उनलाई फिल्मभरि नै गर्भवती देखाएएको छ तर, बच्चा भएको छैन । स्वस्तिमा र बुद्धिको मिलन पनि देखाएको छैन । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर