• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

स्टार खेलाडि रहितको अर्जेन्टिनालाई हराउन ब्राजिललाई पर्यो हम्मे हम्मे 

एजेन्सी । इन्जुरी समयमा मिरान्डाले गोल गरेपछि दक्षिण अमेरिकी देश ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा चिर प्रतिद्वन्दी अर्जेन्टिनालाई १–० ले पराजित गरेको छ ।

मंगलबार राती भएको खेलको पुरा समय दुबैतर्फबाट गोल हुन नसकिरहेको अवस्थामा डिफेन्डर मिरान्डाले आफुमाथि ‘मार्क’ नगरिएको समयको फाइदा उठाउँदै बललाई पोष्टको दिशा दिन सफल भए । खेलमा पुरै समय ब्राजिलले अर्जेन्टिनामाथि दबाब सिर्जना गरेपनि अर्जेन्टिनाको डिफेन्स सामु ब्राजिलको केहि चलेन ।

नेइमार, फिलिप कौटिन्हो, रोबर्टो फर्मिनो जस्ता चर्चित खेलाडि सम्मिलित ब्राजिलयन टोली अर्जेन्टिना समक्ष निरिह बन्यो जसमा कुनै स्टार खेलाडि थिएनन् । सर्जियो अग्वीरो, गोन्जालो हिग्वीन र एन्जेल डि मारिया पनि मंगलबार अर्जेन्टिनाको टोलीमा थिएनन् । यद्यपी अर्जेन्टिनाको रक्षात्मक तथा अनुशासीत खेलका कारण उसको अल्पकालिन प्रशिक्षक लियोनल स्कालोनीका लागि भने गर्वकै विषय रह्यो ।

रुस विश्वकपमा व्यहोरेको पराजयपछि स्टार खेलाडि लियोनल मेसी अनिश्चितकालका लागि राष्ट्रिय टोलीबाट विदामा छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर