• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

एसियाली पावर हाउस जापानसँग हार्यो पूर्व विश्व विजेता उरुग्वे 

एजेन्सी । फुटबलको एसियाली पावर हाउस जापानले पूर्व विश्वविजेता दक्षिण अ‍ेमेरीकी देश उरुग्वेमाथि शानदार जित हात पारेको छ ।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मंगलबार राती जापानले उरुग्वेलाई ४–३ गोलले हराएको हो । नयाँ कोच माजिमे मोरियासुको प्रशिक्षणमा जापानले लगातार तीन खेलमा जित निकालिसकेको छ ।

फिफाको विश्व वरियतामा पाँचौं स्थानमा रहेको उरुग्वेलाई हराउन जापानका ताकुमी मिनामिनोले २ गोल गरे । उनले १० र ६६ औँ मिनेटमा गोल गरे । १० औँ मिनेटमा अग्रता लिएको जापानका लागि युया ओसाका र रिस्तु दोआनले १–१ गोल गरे । उरुग्वेका लागि ग्यास्तोन पेरेरो, एडिन्सन काभानी र जोनाथन रोद्रिग्वेजले गोल गरे । विश्व वरियतामा जापान ५४ औँ स्थानमा छ ।

युवा खेलाडिले भरिएको जापानसँग प्रतिस्पर्धा गर्न उरुग्वेलाई निै संघर्ष गर्नु पर्यो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर