• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

‘मी टु’ अभियानमा घेरिएका भारतीय राज्यमन्त्री अकबरले दिए राजीनामा

नयाँ दिल्ली । ‘मी टु’ अभियान अन्तरगत महिला पत्रकारद्धारा यौन उत्पिडनको आरोप लागेका भारतीय केन्द्रिय विदेश राज्य मन्त्री एम जे अकबरले राजीनामा दिएका छन् । 

नाइजेरिया भ्रमणको दौरान उनी विरुद्ध यौन उत्पीडनको आरोप ‘मी टु’ अभियानले बाहिर ल्याएको थियो । ‘मी टु’ अभियानलाई साथ दिदैं करिब दश महिला पत्रकारहरुले एम जे अकबरलाई यौन उत्पीडनको आरोप लगाएका थिए ।

यी १० पत्रकार मध्ये एक विदेशी महिला समेत सामेल थिईन् । नाइजेरियाबाट फर्कदै दिल्ली एयरपोर्टमा पत्रकारसँग कुरा गर्दै एम जे अकबबरले भने, ‘विस्तृत बयान केहि समय पछि जारी गर्नेछु’ ।

पत्रकार तथा सम्पादक भएको समय उनीबाट गरिएको यौन उत्पीडनको सिकार बन्दै ‘मी टु’ अभियान अन्तरगत मन्त्री पद गुमाउने अकबर पहिलो भारतीय नेता बन्न पुगेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर