• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

पोखरा प्रिमियर लिगको तयारी अन्तिम चरणमा

पोखरा । पोखरामा आगामी कात्तिक ९ गतेदेखि हुने पोखरा प्रिमियर लिग (पीपीएल) ट्वेन्टी–२० क्रिकेटको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिता सन्चालनका लागि भौतिक पूर्वाधारलगायतको अधिकांश काम सकिइसकेको आयोजकले जनाएको छ ।

बाँकी कामहरु पनि यथाशक्य छिटो सम्पन्न गर्नेगरी काम अगाडि बढाइएको आयोजक क्वीन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक छुम्बी लामाले बताए । दर्शकका लागि चार हजार सिट क्षमताको प्यारापिट बनाइने जनाइएको छ ।

मैदानका लागि झन्डै तीन महिनाअघिदेखि लगातार काम गरेको क्युरेटर प्रदीप राउतले बताए । चारओटा पिच तयार भइसकेको र थोरै काममात्रै बाँकी रहेको उनको भनाइ छ । प्रतियोगिताको उद्घाटन खेलमा विराटनगर टाइटान्स र पोखरा पल्टन भिड्नेछन् । प्रतियोगिता कात्तिक २० गतेसम्म सन्चालन हुनेछ ।

विराटनगर, पोखरा, चितवन राइनोज, काठमाडौं रोयल्स, बुटवल ब्लास्टर र एक्सपर्ट धनगढी गरी ६ टिम सहभागी हुने प्रतियोगिताका खेलहरु पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुनेछन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर