• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

पोखरा फुटबल स्टेडियम निमार्ण कार्य अघि बढ्न सकेन, टेण्डर प्रक्रियामै अड्यो

पोखरा । टेण्डर प्रक्रिया बीचैमा अडकिदाँ पोखरा फुटबल स्टेडियम बन्ने सम्भावना अझै टुंगो लागेको छैन् । फुटबल मैदान बनाउन भएको अन्यौलताले वर्षेनी आयोजना हुने फुटबल प्रतियोगिता रंगशालामा गर्ने नगर्ने दोधार एवं अनिश्चिता भएको छ । 

राष्ट्रिय खेलकुद परिषदले बजेट नै छुट्टाएर फुटबल स्टेडियम बनाउन आवश्यक ग्लोबल टेण्डर आह्वान गरेपनि अन्तिम चरणको प्रक्रियामा लैजान ढिलाईले पोखरेली खेलकुद प्रेमीले स्टेडियम नै नबन्ने हो कि भन्ने आशंका गरिरहेका छन् । 

ग्लोबल टेण्डर आह्वान गरेपछि दुई कम्पनी छनोटमा छन् । महिला साग फुटबललाई लक्षित गर्दै निर्माणको तयारी गरिएको पोखरा फुटबल स्टेडियम टेण्डर प्रक्रियाको मूल्यांकनमै रोकिएको छ । गएको साउन ८ गते स्टेडियम निर्माण गर्न दुई कम्पनीले चासो देखाएपछि ती कम्पनी बीच मूल्यांकन गरिदैं छ । 

झण्डै दुई महिना वित्दा समेत यो प्रक्रिया अझै टुंगो नलागेको छैन् । राष्ट्रिय खेलकुद परिषदले दुई कम्पनीको मूल्यांकनलाई झण्डै तीन वित्दा पनि अझै फाईनल गरिसकेको छैन् । यसले गर्दा पोखराका फुटबल प्रेमीमा आंशका उब्जिन थालेको छ । 

पोखरा रंगशालाको फुटबल स्टेडियम बनाउन सिएमई कन्ट्रक्सन प्रोलेक्ट बेइजिङ कम्पनी लिमिटेड चीन तथा सि.ए. बी कन्ट्रक्सन एच.डी लिमिटेड जावलाखेल ललितपुरको संयुक्त र ग्रेट स्पोर्टस एण्ड एम.ए कन्ट्रक्सन जवलाखेल ललितपुरको संयुक्तले चासो दिएका हुन् । 

कम्पनी चार भएपनि जोईन्ट भेन्चरमा काम गर्ने गरी खरीद गरेका छन् । ‘टेण्डरको प्राविधिक मूल्याकन अझै टुंगिएको छैन् ।’ खेलकुद स्रोतले भन्यो–‘तीन महिनासम्म मूल्यांकन फाईनल नहुदाँ स्टेडियम बन्ने सम्भावना तत्कालन पनि देखिदैन् ।’ 

युवा तथा खेलकुद मन्त्री जगत विक र सदस्य सचिव केशवकुमार विष्ट इण्डोनेसियनामा भएको एशियाडमा गएकोले रोकिएको थियो । तर, उनीहरु आईसकेको लामो समय वित्दा समेत टेण्डर प्रक्रिया टुग्याउन खासै चासो दिइएको देखिदैन् । आर्थिक प्रस्ताव अझै बाँकी नै छ । 

४ सय १५ रोपनी क्षेत्रफलको पोखरा रंगशालालाई चीनको आर्थिक सहयोगमा आवश्यक पुर्वाधार बनाउन अध्ययन गरेपछि परिषद पछि हटेको हो कि भन्ने सर्वत्र चर्चा चल्न थालेको छ । ‘चीनिया आर्थिक सहयोगमा पुर्वाधार बन्ने भन्ने आएको छ । चीनिया टोलीले अध्ययन समेत गरेर गईसकेको छ ।’ स्रोतले भन्यो, ‘त्यसले गर्दा पनि परिषदले टेण्डर प्रक्रियालाई अगाडि बढाउन सकेको छैन् ।’ 

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले १५ दिनभित्रैमा टेण्डरको मूल्यांकन प्रक्रिया टुंगिने जानकारी पाईएको सुनाए । ‘टेण्डर प्रक्रिया छिटै टुग्याएर अगाडि बढ्छ भन्ने जानकारी छ ।’ 

उनले भने, ‘हामीले त टेण्डर प्रक्रिया ढिलो भयो छिटो गर्नेस भनेर परिषदलाई दबाव मात्रै दिने हो । उताबाट हुदैछ भन्ने जानकारी पाएका छौं ।’ हुदै छ र प्रक्रिया अगाडि बढेको छ भनेको पनि महिना वितिसक्दा समेत खासै प्रभावकारी नदेखिदाँ झनै शंकास्पद हुन पुगेको छ । 

राष्ट्रिय खेलकुद परिषदका पुर्वाधार निर्माण तथा मर्मत शाखा प्रमुख अरुण उपाध्यायसँग फोन सम्पर्क नै हुन सकेन् । खेलकुद परिषदले स्टेडियम निर्माण गर्न गत जेठ २५ गते टेण्डर आह्वान गरेको थियो । परिषदले पोखरा रंगशालाको फुटबल स्टेडियम बनाउन ५३ करोड रुपैयाँ विनियोजन समेत गरिसकेको छ । 

आह्वान गरिएको टेण्डरमा प्यारापिट, फुटबल मैदान र एथलेटिक्स ट्रयाक बनाउन कम्पनीको अनुभव पत्र समेत माग गरिएको थियो । मैदान फुटबलको सर्वोच्च संस्था फिफाको मापदण्ड अनुसार १०५ मिटर लम्बाई ६८ मिटरको चौडाई हुनुपर्ने उल्लेख छ । मैदान टर्फ अथवा प्राकृतिक हुनुपर्ने उल्लेख छ । 

एथलेटिक्सको लागि सिन्थेटिक ट्रयाक हुनुपर्ने उल्लेख छ । ४०० मिटरको आठ लेनको सिन्थेटिक ट्रयाक हुनुपर्ने टेण्डरमा खुलाइएको छ । टेण्डर खरीद गर्ने कम्पनीको वार्षिक टर्न ओभर समेत १०.३६ मिलियन डलरको हुनुपर्ने सर्त राखिएको थियो ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर